पाँच टुक्का कविता : होमप्रसाद नेउपाने
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १९।
१. गरिखानेलाई, गरिखान देऊ,
ए, धनीहरू हो !, नलगाउ छेउ ।
२. एउटै कुरा होइन, श्रम गर्नु र लुट्नु,
कमाई ठगेर अरुको, माथितिर उठ्नु ।
३. जात ठग्नेले बर्ग ठग्छ, बर्ग ठग्नेले देश,
भाषण गर्छन् समानताको उखालेर केश ।
४. ताली बजाउ जनता, आउँछु म नाच्न ।
कसैगरि सक्तिन है, बिना कुर्सी बाँच्न ।
५. माछा बाँच्छ पानीमा, हामी हावामा,
साथ देउ जनता, नाच्छौँ जामामा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।