राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल (जगडोल)सामुदायिक वनमा दिप प्रज्वलन

राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल (जगडोल)सामुदायिक वनमा दिप प्रज्वलन

कपन अनलाइन

काठमाडौं, जेठ १६ ।  राष्ट्रिय शहिद तथा  शान्ति पार्क निजामति स्मारक यज्ञडोल (जगडोल)सामुदायिक वनमा दिप प्रज्वलन गरिएको छ ।

गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रिय शहिद तथा  शान्ति  पार्क निजामति  स्मारक  यज्ञडोल (जगडोल)सामुदायिक वनपर्यापर्यटन प्रवर्द्धन तथा उद्यान ब्यबस्थापन समिति द्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल  वडा अध्यक्षहरु सहित बिभिन्न संघ संस्थाका प्रतिनिधि सहित स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा  राष्ट्रिय सहिद मुकेश कायस्थ सहित  संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा जीवन गुमाउनु हुने ज्ञात अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त  गर्दै नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको र गणतन्त्र दिवस २०८० ले सबैलाई एकतावद्ध भई अगाडि बढ्न प्रेरित गरोस् भन्ने अपेक्षाका साथ सबैलाई शुभकामना ब्यक्त  गर्दै दिप प्रज्वलन गरिएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।