गोकर्णेश्वर महादेव मन्दिर परिसरमा जारी श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब आज सम्पन्न हुदै

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा जारी श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब आज सम्पन्न हुदै

कपन अनलाइन

काठमाडौं, जेठ १७ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा जारी श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब  २०८०  आज सम्पन्न हुदैछ ।

श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांङगीण विकास समन्वय समिति गोकर्णेश्वर- ४ को आयोजनामा २०८० साल जेठ ७ गते  देखि १७ गते सम्म गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कथा वाचक श्री इश्वरकृष्ण महाराजको मुखारविन्दबाट बाट संगीतमय कथा वाचन  भएको   उक्त श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सबको प्रतिनिधि सभा सदस्य माननीय सन्तोष चालिसेले उद्घाटन गरेका  थिए  । उद्घाटन पुर्व सुन्दरीजल देखि गोकर्णेश्वर महादेव मन्दिर सम्म कलश यात्रा गरिएको थियो ।

जेठ १७ गते  आज  सम्म चल्ने उक्त श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब   कार्यक्रममा सहभागी भई श्री शिवमहापुराण  कथा अमृतपानका साथै स्वर्णमय जलाधार स्नान गरि जीवनलाइ सार्थक बनाउन समेत आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।