Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/05/2-e1685413099949.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/05/1-e1685413155696.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडौं युरो स्कुलमा कला, विज्ञान र प्रविधि प्रदर्शनी

कपन अनलाइन 
काठमाडौं, जेठ १५ ।गोंगबुको बानियाँटारस्थित काठमाडौं युरो स्कुलले आजको विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन–अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक कला, विज्ञान तथा प्रविधिको प्रदर्शनी आयोजना गर्दै आएको छ । यस वर्ष गणतन्त्र दिवसका दिन सोमबार काठमाडौं युरो स्कुलले आफ्नै हातामा कला, विज्ञान र प्रविधि प्रदर्शनी– २०२३ आयोजना गरेको हो  ।

प्रदर्शनीमा विभिन्न कलात्मक रचनाहरु, विज्ञान तथा प्रविधिसंग जोडिएका ४० भन्दा बढी स्टलमा विभिन्न प्रदर्शनीहरु अवलोकनका लागि राखिएको थियो । प्रदर्शनीमा काठमाडौं युरोमा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब २ सय विद्यार्थी भाइबहिनीहरुले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसंग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको हो । विद्यार्थी भाइबहिनीहरुका अभिभावकलगायतले प्रदर्शनीको अवलोकन गरेका थिए । विद्यार्थी भाइबहिनीहरुले तयार गरेको चित्रकला, विद्युतीय सेन्सर डस्टविन, ग्यास लिक हुँदा संकेत दिने साइरन, ट्याङकीमा पानी भरिन लागेको संकेत दिने मसिनलगायत सामाग्री प्रदर्शनीमा अवलोकनका लागि राखिएको थियो ।एकदिने प्रदर्शनीको काठमाडौं युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे ।

कार्यक्रममा अध्यक्ष पाण्डेले आजको विज्ञान तथा प्रविधिबाट दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि ज्ञान र शीप बारे विद्यालयले विद्यार्थीलाई अध्ययन गराउदै आएको बताउदै विद्यार्थीले तयार पारेको सामाग्रीलाई प्रदर्शनी गर्दै आएको बताए ।काठमाडौं युरो स्कुलका शैक्षिक निर्देशक डा. दिपक गुप्ताले विद्यार्थी आफैले तयार गरेको सामाग्री आफैले प्रस्तुतीकरण गर्दा विद्यार्थीहरुको शैक्षिक गुणस्तर तथा अनुसन्धानमुलक शीपको विकास हुने विश्वास व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया ।