साक्षरता अभियानमा सहयोगी बन्दै श्री बौद्धनाथ क्षेत्र विकास समिति

साक्षरता अभियानमा सहयोगी बन्दै श्री बौद्धनाथ क्षेत्र विकास समिति

कपन अनलाइन

काठमाडौं जेठ १६ ।काठमाडौं महानगरपालिका वडा नं ६  बौद्ध तीनचुलीमा  प्रौढ साक्षरता कक्षा समापन भएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा आनन्दपुर महिला समाज द्वारा संचालित ६ महिने प्रौढ साक्षरता कक्षा समापन भएको हो । शनिबार आनन्दपुर महिला समाजको अध्यक्ष शान्ती कुमारी लामाको अध्यक्षतामा भएको उक्त प्रौढ साक्षरता कक्षा समापन कार्यक्रमको प्रमुख अतिथि  श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ, सदस्यहरु रग्वा शेर्पा, शैलेश श्रेष्ठ  पशुपतिनाथ खतिवडा (श्याम )सहित  आनन्दपुर महिला समाजका पदाधिकारी, शिक्षक, बिद्यार्थी र स्थानीयको उपस्थिति रहेको  कार्यक्रम संचालन संचारकर्मी अमित लामाले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले छ्योमे बाली उद्घाटन गरेका थिए ।आनन्दपुर महिला समाजकी कल्पना श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको कार्यक्रममा बिशेष अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङले शुभकामना मन्तब्य राख्दै एकजना महिला शिक्षित भए सिंगो परिवार नै शिक्षित हुने भएकोले प्रौढ कक्षा मार्फत साक्षर अभियान सञ्चालन गरिएको बताइन  । उनले  भौतिक मात्र नभई मानवीय विकासमा शिक्षाको महत्व रहेको बताएकी थिइन ।

कार्यक्रममा प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले प्रौढ साक्षरता कक्षामा सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरेका थिए साक्षरता कक्षामा करिब ४० जनाको सहभागिता रहेको आयोजकले जानकारी गराएको छ।कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले आयोजक लाइ धन्यवाद दिदै कोहि पनि निरक्षर नहुन भन्ने उदेश्यका साथ क्षेत्र विकास समितिले प्रौढ साक्षरता कक्षामा सहयोग गरेको बताए ।

 पढाइले आत्मविश्वास बढाउने बताउदै चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको  सुन्दा खुसि लागेको बताए  ।  बिभिन्न कारणले पढाइ बाट बन्चित भएकाहरुको लागि श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा प्रौढ कक्षा संचालन गरेको बताए ।

 क्षेत्र विकास समितिले  बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको र युवा तथा महिलाहरुको शिप बिकासका साथै विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि गर्दै जाने  बताएका थिए । अध्यक्षताको आसन बाट बोल्दै आनन्दपुर महिला समाजको अध्यक्ष शान्ती कुमारी लामाले उपस्थित सबैलाई धन्यवाद दिएकी थिईन ।

तपाइँको प्रतिक्रिया ।