गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा कार्यलय भवन  उद्घाटन

कपन अनलाइन

काठमाडौँ, जेठ १६ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा कार्यलय भवनको  उद्घाटन  गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर सोमबार एक कार्यक्रमका बीच नव निर्मित भवनको  प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले  रिबन काटी भवन उद्घाटन गरेका हुन ।

करिब एक करोड २४ लाख रुपैयाको  लागतमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ गणेश मन्दिर नजिकै निर्माण भएको तीन तले उक्त भवनमा १२ वटा कोठा रहको  छ।  वडा अध्यक्ष राजीव थापाको अध्यक्षतामा भएको उक्त  भवन उद्घाटन कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका  उप प्रमुख सान्नानी लामा,  पूर्व नगर उप प्रमुख शान्ती नेपाल  वडा अध्यक्षहरु नवराज लामा, नन्दलाल श्रेष्ठ, मधु तामाङ, जयराम महत, मुरारी प्रसाद कुईकेल, केशव गुरुङ वडा नं ९ का वडा सदस्यहरु लक्ष्मी गुरुङ, गमला परियार, उमेश चालिसे  समाजसेवी सरिता  रिसाल  तथा विभिन्न वडाका वडा सदस्यहरु,  सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन   वडा सदस्गय लक्रेष्कीमी देबी गुरुङले गरेकी  थिइन ।

आफ्नै वडा समेत रहेको  प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले स्वागत मन्तब्य सहित आफ्नो भनाइ राखेका थिए उनले आफु नगर प्रमुख हुँदा अगाडी बढाएको सम्पूर्ण वडा कार्यालय भवन निर्माण को काम सम्पन्न भएकोमा खुसि लागेको बताएका थिए ।  उनले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन भनेर  पूर्वाधार निर्माण प्राथमिकतामा  राखेर काम गरेको स्मरण गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले   भवनको निर्माण संगै वडाको सेवा प्रवाह र अन्य गतिविधिमा सहज हुने विस्वास व्यक्त गर्दै महत्वपूर्ण  भौतिक  पूर्वाधार निर्माणका लागि वडा कार्यालयलाई बधाई ज्ञापन गरेका थिए ।  नगरपालिकाले   भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम  गरिरहेको समेत उनले  बताएका  थिए  ।प्रत्येक वडाको आफ्नै वडा कार्यालय निर्माण गर्न सफल भएको बताउदै चाडैनै नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम शुरु हुने जानकारी गराएका थिए । कार्यक्रममा बाल गायक विनम्र सुवेदी सहित भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले उपस्थित सबैलाई धन्यवाद दिदै वडा कार्यालयले सेवाग्राहीको चहाना अनुसार काम गरिरहेको जानकारी गराउदै आगामी दिनमा पनि सेवाग्राहीकै चाहना र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभाबकारी हुने  बिश्वास ब्यक्त गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।