सामान्य प्रशाशन मन्त्रीले मागे देशको प्रपोजल

विद्यार्थी सरोकारको प्रपोजल लेखन तालिम सम्पन्न

२१ असार÷कपन

विद्यार्थी सरोकार नेपाल नामक सामाजिक संस्थाले एक हप्ते ‘प्रपोजल’ लेखन तालिमको समापन गरेको छ । सोमबार कपनको कपन भिलेज रिसोर्टमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल सरकारका सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डितको उपस्थीती रहेको थियो ।

Bidharthi_sarokar_nepal (1)

कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देश निर्माणको नेतृत्व युवा पुस्ताले लिनुपर्ने बताएका छन् । उक्त कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री पण्डितले भने, ‘राजनीतिक नेतृत्वमा युवाको हस्तक्षेपकारी भूमिकाले मात्रै देशले काँचुली फेर्छ र तव मात्र युवाले गर्वका साथ यो मैले बनाएको देश हो भन्न पाउने हुँदा राजनीतिक नेतृत्वमा आउन सहज हुने बताए ।

प्रपोजल लेखन कार्यक्रममा सहभागी युवाहरुलाई लक्षित गर्दै मन्त्रीले आफ्नो जीवनको तथा देशको विकासकालागी प्रपोजल लेख्न आग्रह गर्नुभयो ।

सिंगापुरले माटो र पानी समेत मलेसिया र इन्डोनेसियाबाट ल्याउने गरेको दृष्टान्त सुनाउँदै उनले प्राकृतिक सम्पदाले भरिपुर्ण नेपाल संसारकै सम्पन्न मुलुक बन्नु पर्ने बताए ।

Bidharthi_sarokar_nepal (2)

कार्यक्रममा बुढालिकण्ठ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारतीले युवाको सशक्तिकरण बिना देशको उन्नति सम्भव नरहेको बताए । सो अवसरमा कार्यक्रमको सभाध्यक्ष तथा विद्यार्थी सरोकार नेपालकी अध्यक्ष यशु लामाले विद्यार्थीको क्षमता विकास मार्फत नै सामाजिक रुपान्तरण र विकासमा सहयोग पूग्ने हुनाले सो उदेश्य प्राप्तीका लागी प्रपोजल लेखन तालिमको आयोजना गरेको जानकारी दिइन । सो एक हप्ते प्रपोजल लेखन तालिममा ४३ जना युवा युवतीको सहभागिता रहेको थियो भने सहभागीहरुमा अधिकांश जनजाती युवा युवतीहरु थिए ।

Bidharthi_sarokar_nepal (5)

तपाइँको प्रतिक्रिया ।