काम बुढानिलकण्ठ नगरपालिकाको प्रसंसा बालेनको …..

काम बुढानिलकण्ठ नगरपालिकाको प्रसंसा बालेनको …..

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३१ ।

अहिले सामाजिक संजाल फेसबुक , टिक टक तथा अन्य संजालमा धोवीखोला (रुद्रमती ) सरसफाईको तस्विर तथा भिडियो निकै भाइरल भैरहेको छ।

धोवीखोलामा सरसफाई गरिरहेको डोजर र अन्य यन्त्रहरुको फोटो तथा भिडियो सामाजिक संजालमा राख्दै धेरै जनाले काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई धन्यवाद दिदै प्रसंसाका शव्दहरु खर्चिरहेका छन।

तर वास्तविकतामा सो सरसफाई भने बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेको अभियान अन्तर्गत भैरहेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ को धोवीढुंगाबाट शुरु भएर काठमाण्डौ महानगरपालिकाको दक्षिणी भागमा पुगेर बागमती नदीमा मिसिएको धोवीखोलाको पाथिभरा – चुनिखेल खण्डको सरसफाई अभियान अहिले चलिरहेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० देखि वडा नं २ र १३ को नौलिन भद्रकाली सम्म भैरहेको सरसफाई अभियानका तस्विर र भिडियो महानगरले गरेको भन्दै प्रचार हुँदा आफुलाई आश्चर्य लाग्ने गरेको बुढानिलकण्ठका  एक जनप्रतिनिधिले बताएका छन। काठमाण्डौ प्रमुखको प्रसंसा गर्नु अन्यथा नभएपनि काम गरिरहेको बुढानिलकण्ठ नगरपालिकालाई प्रोत्साहन हुने गरी प्रचार गरिदिएको भए सुनमा सुगन्ध हुने ति जनप्रतिनिधिको भनाइ रहेको छ।

रुद्रमती हरियाली उपभोक्ता समितिको आयोजना र बुढानीलकण्ठ नगरपालिका तथा डिभिजन वन कार्यालयको सहकार्यमा कार्यक्रम बैशाख १४ गते बिहिबारबाट प्रारम्भ भएको अभियान अन्तर्गत अहिले खोलामा डोजरले सफाई निरन्तर जारी रहेको छ ।

दस  दिन सम्म चल्ने धोबिखोला अर्थात रुद्रमतीखोला सरसफाई कार्यक्रमको नगरप्रमुख  मिठाराम अधिकारी, डिभिजन वन कार्यालय अधिकृत बद्रि कुमार कार्की , विभिन्न वडाका पदाधिकारी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत  तुल्सीराम अर्याल, रुद्रमती हरीयाली उपभोक्ता समिति अध्यक्ष शम्भु कुमार श्रेष्ठ लगायत नगरपालिका महाशाखा/शाखा कर्मचारी, समाजसेवी तथा स्थानीयवासिहरुको उपस्थितिमा अभियान  सुभारम्भ गरेका थिए।फोटो : प्रदिप मैनाली

 

तपाइँको प्रतिक्रिया ।