नेसनल युनाइटेड स्कुलमा अभिभावकहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेसनल युनाइटेड स्कुलमा अभिभावकहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं, बैशाख २९।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोकमा  नेसनल युनाइटेड स्कुलले बैशाख २६ गतेमंगलबार र २७ गते बुधबार गरि दुई चरणमा शैक्षिक सत्र २०८० का लागि विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुको अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयको सभाहलको क्षमता र अभिभावकहरुको चापलाई मध्यनजर गरि दुई चारणमा गरिएको कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता रहनुका साथै शिक्षकहरु समेत सहभागि भएका थिए यिस शैक्षिक सत्रमा उल्लेख्य मात्रामा विद्यार्थीहरू भर्ना भएको तथा विगतमा कोभिडले विद्यार्थी संख्यामा पारेको नकरात्मक असरलाई पूर्ण रूपमा न्यूनीकरण गर्न सफल भएको विद्यालयले जनाएको छ।

विद्यालयकी प्रिन्सिपल शायरा हमालले विद्यालय व्यवस्थापन समितिको नीति, कार्यदिशा तथा निर्देशन, अभिभावकहरूको विश्वास, विद्यार्थीहरूको सन्तुष्टि, शिक्षक तथा कर्मचारीहरूको लगनशिलता र शुभचिन्तकहरूको साथ रहनु नै विद्यालयको सफलता भएको बताएकि छन ।

कार्यक्रममा विद्यालयमा प्रयोग हुने विविध शैक्षिककागजातहरु, विद्यालयमा विद्यार्थीहरुले गर्न हुने र गर्न नहुने कुराहरु,विद्यालय समय, विद्यालयकोपोशाक, परीक्षा प्रणाली, अतिरिक्त क्रियाकलापहरु, उपलब्धअन्यसुविधाहरु लगाएतका विषयमा इन्चार्जहरु रेनुका कुमाई र सरोजराज उपाध्यायले क्रमशः पहिलो र दोस्रो चरणमा अभिभावकहरुलाई अभिमुखीकरण गराएका थिए भने विद्यालयका संस्थापक जेबी हमाललेअभिभावकहरुलाई धन्यवाद ज्ञापनसहित विद्यालयको विगत, वर्तमान र भविष्यका योजनाहरुको बारेमा विशेष प्रस्तुतीकरणका साथ अभिभावकहरुलाई अभिमुखीकरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।