नेपाली ह्यान्डबल टोली बंगलादेश जाने

नेपाली ह्यान्डबल टोली बंगलादेश जाने

कपन अनलाइन
काठमाडौं, बैशाख २९।
आईएचएफ ट्रफी वोमन, २०२३ (साउथ–सेन्ट्रल एसिया) मा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली ह्यान्डबल टोली शुक्रबार बंगलादेशको ढाका जाने भएको छ । मे १३ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा नेपालले युथ र जुनियरमा प्रतिस्पर्धा गर्ने छ ।
युथमा कुसुम बानियाँ, सुस्मिता तिमिल्सिना, रेखा घर्ती, सन्ध्या राई, बानुमाया गुरुङ, रोशनी पुन, अर्पणा पुन, रविना विश्वकर्मा, सुष्मा गुरुङ, साइमना राणा, हीराकुमारी कार्की, पुर्णिमा पौडेल, पवित्रा विक र रक्षा तिलिजा पुन रहेका छन् । व्यवस्थापकमा विश्व बम मल्ल तथा प्रशिक्षकमा कृष्णबहादुर शाक्य र पवनकुमार लाल छन् ।
जुनियरमा कृतिका गुरुङ, विमला भुजेल, प्रीति विक, अस्मिता नेपाली, अनिशा रेग्मी, स्नेहा सुवेदी, प्रकृति बस्नेत, मोनिका क्षेत्री, प्रेक्षा कटुवाल, अन्जिता राई, रिजना राई, मेनका भुजेल, रुचिता घर्ती मगर र ममताकुमारी बानियाँ रहेका छन् ।

व्यवस्थापकमा हिमालराज दाहाल तथा प्रशिक्षकमा रामेश्वरप्रसाद श्रेष्ठ र रन्जना राई छन् ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।