बुढानिलकण्ठ शैक्षिक मंचको प्रमाणपत्र वितरण तथा भित्ते पात्रो लोकार्पण  कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ शैक्षिक मंचको प्रमाणपत्र वितरण तथा भित्ते पात्रो लोकार्पण  कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १५।

बुढानिलकण्ठ शैक्षिक मंचको प्रमाणपत्र वितरण तथा भित्ते पात्रो लोकार्पण  कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको सभा हलमा भएको कार्यक्रमको प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी रहेका थिए ।

बुढानिलकण्ठ शैक्षिक मंचका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शैक्षिक मंचका सदस्यहरुलाइ प्रमाणपत्र वितरण गर्नुका साथै २०८० सालको भित्तेपात्रो सार्वजनिक पनि गरिएको थियो। बुढानिलकण्ठ नगरपालिकाको शिक्षा , खेलकुद तथा युवा महाशाखा प्रमुख ललित विक्रम सिंह , प्याव्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठ सहित सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरे राम खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक , संस्थागत , गूठी सहित मोन्टेश्वरी विध्यालयहरुको साझा संस्थाको रुपमा रहेको बुढानिलकण्ठ शैक्षिक मंचमा ८८ वटा विध्यालय सदस्य रहेका छन।

तपाइँको प्रतिक्रिया ।