बुढानिलकण्ठ-२ बाट नियन्त्रित लागुऔषध सहित ३ जना पक्राउ

बुढानिलकण्ठ-२ बाट नियन्त्रित लागुऔषध सहित ३ जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ बाट नियन्त्रित लागुऔषध सहित ३ जना पक्राउ परेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ वडा क्षेत्रमा नियन्त्रित लागुऔषध  विक्री वितरण भएको सुचना प्राप्त गरे संगै परिचालित भएको बुढानिलकण्ठबाट प्रहरी अधिकृतसहितको टोलीले बैशाख १६ गते बिहान ७.३० बजेको समयमा ३ जनालाई पक्राउ गरेको हो।

सो स्थानबाट वर्ष १९ ,२२ र २३ वर्षका तिन जनालाई निम्न परिणामको लागु औषध सहित पक्राउ गरेको छ।

बरामद सामाग्रीको विवरण  :
१.DIAZEPAM लेखिएको एम्पुल थान – २०३
२.PHENERGAN लेखिएको एम्पुल थान – २१४
३.NOOPHIN लेखिएको एम्पुल थान – २०२
४.Nitrazepam लेखिएको Tablets थान – ७०९
५. मोवाइल थान -३
६.नगद ५०,०००।-

 

 

तपाइँको प्रतिक्रिया ।