मेरो साथी गंगा : कमला श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
गंगा तिम्रो जन्म भयो दुईहजार एघार सालमा
दुःख गरी पढेउ बढेउ तिमले त्यों जीवनमा
जति दुख परे पनि हिक्मत बनिरह्यो
जोश जागर हिक्मतले दुख पर भयो
बुद्धिमान् भई जन्मेजय यो धरतिमा तिमी
साहित्यको जगतमा नाम चलायौ बेसरी
लक्ष्मी र सरस्वती दाईना भए तिम्रो
अगि बढेउ नाम कमायौ सारै भयो
तिम्रो लेखन सारै राम्रो जगत छरलाउनी
साहित्यमा निपुण भै नाम कमाउनी
सानो देखि प्रतिभाको खÞानि थियो तिम्रो
तिम्रो कलम चल्न थाल्यो सबलाई भयो राम्रो
सोस्छ थियो तिम्रो मन निर्मल आकाश जस्तों
भयो तिमलाई पारिवारिक वातावरण राम्रो
उन्नतिको धार बग्यो यश कृती पायो
शिक्षा प्रद तिम्रो लेखन सबले पढन पायौं
दारसिगको जन्म तिम्रो काठमाण्डुको बास
चिरञ्जिबि भई बाचे गर्छु मैले आश
सुख शान्ति यश कृती सबै मिली रहोस्
मा दुर्गेको सदा तिमलाई कृपा बनि रहोस्
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक