नारी : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
नारी न धिक्कार तिमी आफुलाई
अयोग्य भनी हुन्न हार बस्न हार खाई
अशान्ती भए मूल्य बुझिन्न आफ्नो
मन ध्वस्त पारे कथा बन्छ आफ्नो ।
प्राचीन ईतिहास बहस्र्यौ धरामा
मिठास पुर्ण जागरण दिलायौ सबैमा
ती संलग्न छन् सभ्यताकै प्रव्सहमा
यहि ठुलो सम्मान नारीको जीवनमा ।
कति सह्यौ दुः ख कष्ट मौनतामा
कति रोदन क्रन्दन बोक्यौ साथमा
उज्वलता पस्किरहेछ अब त्यसमा
समयले प्रगती मापन गर्दैछ जीवनमा ।
त्यसैले पबित्रताकी खानी तिमी हौ
युगौ युग हाक्ने भवानी तिमी हौ
घरै मन्दिर हो यही मान्यतामा
शान्ती समृद्धि सुभद्रा तिमी हौ ।
तिमी अग्रगामी दिशाकी ईशा हौ
तिमी नै सदा सभ्यता कि ऋचा हौ
तिमी स्वच्छ बन्दा उज्यालो छुन्छ
त्यसैले तिमीलाई पुजा गरिन्छ ।
त्यसैले तिमीलाई पुजा गरिन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।