नयाँ वर्ष: रन्जना पराजुली (लम्साल)

नयाँ वर्ष: रन्जना पराजुली (लम्साल)

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

सधैंजसो यसपटक पनि नयाँबर्षको दिन स्वस्तीशान्ती पुजा लाउन भनी सरदाम किन्न बजार निस्किएकी निकिताको बालसखा प्रेमासङ्ग भेट भयो।
‘ओहो निकिता, के छ खबर ? धेरैपछी भेट भो ।’
‘अ त है दशैंमा माइतमा भेट भो अनि छ महिनापछि आज यहाँ’ औंला गनिन् निकिताले ।
बचपनका असाध्य मिल्ने साथी निकिता र प्रेमा । एउटै शहरमा बसेपनी भेट चाहिँ कहिले माइतीमा त कहिले यस्तै बजारमा नत्र म्यासेन्जरमा ।
‘निकिता, तैंले त फेसबुक पनि बन्द गरिछस किन ?’
‘हेर्न प्रेमा, पानीमा खसेर बिग्रीयोनि मोबाइल । बनाउन लगेको बन्दैन भन्यो ।’
‘नयाँबर्षमा नयाँ मोबाइल पाउने भइस, अब भिनाजुलाई किनिमाग’ प्रेमाले हौस्याउदै भनी ।
‘केका पैसाले किन्नुनि अहिले तत्कालै । छोराछोरी बढेपछि त उनिहरुलाई पुर्याउदा पु¥याउदै आफु रित्तो ।’
निकिताका निर्धक्कका कुरा सुनेर प्रेमाले हँ मा हँ मिलाइ ।
‘हुन त हो महङ्गिले आकाश छोइ सक्यो । अचेल झन यो सामाजिक सन्जालले गर्दा जुनसुकै चाड मनाउनु पर्ने । सबैचिज नयाँ फेर्नुपर्ने । अझ हामीलाई भन्दा बच्चालाई झन चाहिने । एकचोटि लाएको लुगाले नहुने के गर्नु समय पनि कस्तो आयो ।’
प्रेमाका कुरालाई सराउदै भनिन् निकिताले,
‘थाहा पाइस नि मैले मोबाइल किन किन्न नसकेको ।’
‘अब बिस्तारै किन्नुनी, एउटा राम्रो फोटो आउने मोबाइल त बोक्नुपर्छ । अँ साच्ची नयाँ बर्ष आउँदैछ । तँ र तेरो परिवारलाई नयाँबर्षको शुभकामना है’ प्रेमाले अग्रिम शुभकामना दिइन् मोबाइल किन्न आग्रह गर्दै ।
‘ल मेरो पनि शुभकामना स–परिवारलाई’ निकिताले पनि शुभकामना फर्काइन् ।
त्यसपछि फेरि भेटौला है भन्दै दुबै छुटिए ।
निकिता सरदाम किन्न लागिन् । जे सोध्यो त्यही भाउ महङ्गो । केही दिनको फरकमा यति चाडैं महङ्गी बढेको देखेर हैरान भइन् अड्कलेको पैसाले नपुग्ने देखेर ।
सामान छान्दै निकिता मात्रै होईन सबैका मुखबाट एउटै कुरा सुनियो नयाँ बर्ष लागेर होकि क्याहो सामानको भाउ के बिध्न बढेको छोइसक्नु पो छैन त !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।