गजल : बिमल बि.सी.

गजल : बिमल बि.सी.

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

गरेर विश्वास परेर भर धेरै नजिकिन, मन छैन !
मलाई कसैको सुख दुःखमा सजिन, मन छैन !

जो आउँछन् र नी जिन्दगीसँग खेलेरै जान्छन् यार
अब बाँकी जीवन कसैलाई पनि सुम्पिन, मन छैन !

जुनदिन तेरो अनुहार कहिल्यै देख्नु नपरोस भन्यौ,
त्यहि दिनदेखि ऐना अगाडि पनि उभिन, मन छैन !

सत्य बोल्छु बरू दुनियाँको नजरमा नराम्रै बन्छु,
झुटा आश्वासनले मान्छे फसाएर बद्लिन, मन छैन !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।