गोकर्णेश्वर ८ मा मानसा मन्टेश्वरी स्कुल उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर ८ मा मानसा मन्टेश्वरी स्कुल उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं चैत्र १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित मानसा मन्टेश्वरी स्कुलको  उद्घाटन  गरिएको छ । संघिय सांसद शान्ति श्रेष्ठ गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार  रिसाल, उप प्रमुख  सान्नानी लामाले संयुक्त रुपमा  स्कुलले आयोजना गरेको नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान  कार्यक्रम  अन्तर्गत   उक्त  मन्टेश्वरी स्कुलको  उद्घाटन गरेका हुन ।

बिध्यालयका अध्यक्ष ओम प्रसाद ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य सुमन लामा, सीता तिमल्सिना र सोविता मिजार  नेकपा एमाले गोकर्णेश्वर ८ कमिटि अध्यक्ष कल्पना राजचल  समाजसेवी राजु सुनारलगायत बिध्यालयका शिक्षक अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन शिक्षिका अर्चना अधिकारीले गरेकी थिइन  ।

शिक्षक अनुप राउतले स्वागत मन्तब्य राखेको कार्यक्रमका अध्यक्ष ओम प्रसाद ढकालले उक्त प्रि– स्कुल मन्टेश्वरी प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी सम्मको अध्यापन हुने जानकारी गराएका  थिए । कलिला बालबालिकालाई विद्यालयमा भर्ना गरिने भएकाले उनीहरुको जग बलियो बनाउन प्री– स्कुलमा सबै कुराको ध्यान दिइने छ’ उनले भने ‘विद्यार्थीलाई अध्यापनमा मात्रै सिमित नराखेर खेल्ने, नृत्य गर्न पनि सिकाइन्छ ।

प्री–स्कुलले बालबालिकालाई घरबाट ल्याउन र पुर्याउन लागि भ्यानको समेत व्यवस्था गरेको उनले जानकारी गराए।उनले मानसा मन्टेश्वरीमा  न्यूनतम शुल्कमा बालबालिकालाई घरायसी वातावरण अनुसार दक्ष शिक्षिकाबाट पढाई र खाना नास्ताको राम्रो व्यवस्था गरेको जानकारी दिदै नया वर्षा २०८० सालको शुभकामना समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा संघिय सांसद शान्ति श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार  रिसाल, उप प्रमुख  सान्नानी लामा लगायतले सम्बोधन गर्दै  मन्टेश्वरी शिक्षा शिक्षाको एउटा जग भएको उद्घोष गरेका थिए  ।उनीहरुले  जग बलियो भएन भने कुनैपनि घरको माथिल्लो तला बलियो नहुने भन्दै उनले शिक्षाका लागि जग नै बलियो चाहिने कुरामा जोड दिएका थिए ।

प्रि–स्कुलले बच्चाहरुको शैक्षिक, मानसिक, शारीरिक र सामाजिक विकासमा मद्दत गर्ने बताउदै  सानो उमेरमै प्री– स्कुलमा भर्ना गरिदा बालबालिकाको मानसिक संगै सामाजिक विकासमा पनि टेवा पुग्ने बताएका थिए ।शहरीकरण संगै पछिल्लो समय प्री– स्कुलमामा बालबालिका भर्ना गर्ने क्रम बढ्दै गएको , श्रीमान–श्रीमती दुवै रोजगारीमा हुनेहरुले आफ्ना बच्चाको दिनभरी स्याहार गर्न नपाउने भएकाले पनि प्री– स्कुलहरुमा आकर्षण बढ्दो रहेको बताएका थिए  ।उनीहरुले  मानसा मन्टेश्वरी स्कुलको प्रगतिको कामना गर्दै नव वर्ष २०८० सालको शुभकामना ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।