गोकर्णेश्वर ४ मा  क्षमता अभिवृद्धि तथा भाषणकला सम्बन्धी दश दिने तालिम सम्पन्न

गोकर्णेश्वर ४ मा  क्षमता अभिवृद्धि तथा भाषणकला सम्बन्धी दश दिने तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, चैत्र १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  क्षमता अभिवृद्धि तथा भाषणकला सम्बन्धी दश दिने तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा सप्तऋषि महिला समुहको आयोजनामा भएको उक्त तालिमको बिहिबार समापन गरिएको हो  करिब   ३०  जना महिलाहरुले सहभागिता जनाएको उक्त तालिमको सहजीकरण शिलु अधिकारीले गरेकी थिइन ।

बिहिबार सप्तऋषि महिला समूहको अध्यक्ष  लिला खत्री थापाको अध्यक्षतामा भएको उक्त तालिम समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका  प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा वडा अध्यक्ष जयराम महत, पूर्व नगर उपप्रमुख शान्ति नेपाल  वडा सदस्यहरु कृष्ण श्रेष्ठ, गौरी श्रेष्ठ, सुनिता परियार पूर्व कार्यपालिका सदस्य उमा थापा  लगायत  प्रशिक्षक र  प्रशिक्षार्थीहरुको उपस्थिति   रहेको कार्यक्रम सचालन पुजा  चिरायु  बरालले गरेकी थिइन । राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेको कार्यक्रममा सप्तऋषि महिला समूहकी सर्मिला थापाले   स्वागत मन्तब्य  सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिइन । नेतृत्व क्षमता विकास एवं आत्मविश्वास विकास गर्ने उद्देश्य उक्त तालिमको रहेको बताएकी थिइन् ।

कार्यक्रमलाइ वडा सदस्य सुनिता परियार ,कार्यपालिका सदस्य गौरी श्रेष्ठ, प्रशिक्षक शिलुअधिकारी वडा अध्यक्ष जयराम महत, पूर्व नगर उपप्रमुख शान्ति नेपाल लगायतले शुभकामना मन्तब्य राख्दै शिपको शिपलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए । तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गर्न सकेमा तालिम फलदायी रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथि लगायतले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका  थिए ।कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले  पहिले आफुले सिकेको सिपलाई ब्यवहारमा लागु गर्दै अरुलाई पनि सिकाउन सकेमात्र तालीमको उद्धेश्य पुराहुने बताएका थिए ।

उनले महिलाहरु पनि सक्षम रहेको बताउदै महिलाहरु पछाडि पर्नुको मुख्यकारण नेतृत्व विकास नहुनुनै भएकाले नेतृत्व र क्षमता विकासमा ध्यान दिनु पर्ने  बताएका थिए । उनले महिलाहरु अघि बढ्नुपर्ने बताउदै त्यसको लागि  नगरपालिका सहयोग गर्न तयार रहेको समेत जानकारी गराएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै कार्यक्रम संयोजक एबम सप्तऋषि महिला समूहको अध्यक्ष  लिला खत्री थापाले उपस्थित सबैलाई धन्यवाद दिदैमहिलाहरु सचेत नहुदा सम्म घर र समाज सचेत बनाउन नसकिने भएकाले महिलाहरु सचेत हुन जरुरी रहेकाले यस प्रकारको तालीम आयोजना गरीएको बताएकी थिइन ।  उनले अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले सो  तालिमको आयोजना गरिएको प्रष्ट पार्दै सो तालीमवाट महिलाहरु खुलेर बोल्न र आफ्ना कुरा राख्न सक्ने भएको देख्दा आफु निक्कै खुसी भएको समेत बताएकी थिइन ।

 


तपाइँको प्रतिक्रिया ।