भारतीय राज्यमन्त्री तीन दिने नेपाल भ्रमणमा आउने

कपन अनलाइन
काठमाडौं, चैत्र  १८। भारत सरकारका केन्द्रीय सामाजिकन्याय राज्यमन्त्रीतथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष रामदास आठवलेतीनदिने नेपाल भ्रमणमा आउने भएका छन् ।
रिपब्लिकन फाउन्डेसन (नेपाल) ले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै भारतीय राज्यमन्त्री आठवलेको नेपाल भ्रमणका बारेमाजानकारी गराएको हो ।
बुद्धका माहान् अनुयायी डा.अम्बेडकर को १३२औं जन्मदिनपारेर आयोजनागरिएको कार्यक्रमको निमन्त्रणालाई स्विकार गरी विशिष्ट अतिथिको रुपमाउनीआगामीचैत्र ३० गते नेपालआउने भएका छन् ।
‘नववर्ष २०८० को पावनअवसर पारी शुभकामनाआदान–प्रदानतथाविविध सांस्कृतिकएवम् सम्मानकार्यक्रम २०८० लाई भव्यताका साथ सफलबनाउन र संयोगले बुद्धका माहान् अनुयायी डा. अम्बेडकर को १३२ औं जन्मदिनअप्रिल१४ तारिक र हामी नेपालीको नयाँवर्षपनि एकै दिन परेको हुँदाहाम्रो निमन्त्रणालाई स्वीकार गरी भारत सरकारका केन्द्रीय सामाजिकन्याय राज्यमन्त्रीतथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्षमाननीय रामदास आठवलेज्यु तीनदिने नेपाल भ्रमणका साथै यस कार्यक्रमको अति विशिष्ट अतिथिको रुपमाआउनहुने जानकारी गराउँछौं,’– रिपब्लिकन फाउन्डेसन नेपालले जारी गरेको सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
उनको तीनदिने नेपाल भ्रमणको क्रममाअम्बेडकरको १३२औं जन्मजयन्ती समारोह, विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन र सम्मान सांस्कृतिककार्यक्रम, फाउन्डेसनको उदघाटन र देवघाट, नवलपरासीमानिर्माणाधिन बुद्ध शान्तपार्कको अवलोकन,देवघाट घोषणापत्र जारीलगायतकाकार्यक्रम रहेको बताइएको छ ।

उक्तकार्यक्रममा नेपालबाट पनिविशिष्ट व्यक्तिहरूको प्रतिनिधित्वहुने र नेपाल र भारतबीचभविष्यमागर्न सकिने कार्यहरूकाबारेमा छलफलसमेत हुने रिपब्लिकन फाउन्डेसन (नेपाल) कामहासचिवप्रकाश सुवेदीले बताए ।
उक्त समारोहमासांस्कृतिककार्यक्रमाचर्या नृत्य, कुमारी नृत्य, दुर्गाकाली नृत्य, गीत प्रस्तुति, लाखेनाँचलगायतका प्रस्तुतिहरु रहने बताइएको छ ।
‘उहाँहरु ३० गते नेपालमाआउँदै हुनुहुन्छ । ३० गते ११ बजे बिहानउहाँ नेपालआइसकेपछि हाम्रो संस्थाको कार्यक्रममा सहभागीहुनुहुनेछ । वैशाख १ गते विहान केहीधार्मिक स्थानमाउहाँको दर्शन हुन्छ । त्यपछि १२ः३० मा राष्ट्रिय नाँचघरमाहामीकार्यक्रमगर्ने छौं । कार्यक्रममाअन्य विशिष्ट अतिथिहरु पनि सहभागीहुनुहुने छ,’– सुवेदीले भने ।
रिपब्लिकन फाउन्डेसन (नेपाल) ले पाँच वटा क्षेत्रमाकामगर्न लागेको पनिउनले बताए । शिक्षा, स्वासथ्य, रोजगार, जातीय छुवाछुतको अन्त्यकालागिजनचेतनाकार्यक्रम र पर्यटनको विकाससँग जोडिएर कामगर्न लागेको पनिउनले बताए ।

तपाइँको प्रतिक्रिया ।