नेसनल युनाइटेड स्कुलमा आधारभूत तहका माथिल्लो कक्षाका विद्यार्थीहरु पुरस्कृत

नेसनल युनाइटेड स्कुलमा आधारभूत तहका माथिल्लो कक्षाका विद्यार्थीहरु पुरस्कृत

कपन अनलाइन

काठमाडौं ,चैत्र १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले  शैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमाविजेता हुन सफल कक्षा ८का विद्यार्थीहरुलाई  पुरस्कृत गरेको छ।
शैक्षिक सत्र २०७९ मासंचालनभएकाफुटसल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, क्यारमबोर्ड, चित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, रोड रेस, रिले रेस, फिल्ड भिजिट रिपोर्ट प्रिजेन्टेसन लगाएतकाविभिन्न विधामा विजेता बन्न सफलविद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबीहमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गरेका थिए ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा लिइएको आधारभूत तह परीक्षाकोसमाप्तीसंगै आयोजित पुरस्कार वितरण समारोहमा पुरस्कृत हुने विद्यार्थीहरु मध्येअनुष्का गिरि ७ विधा, प्रतिक्षा थापा ८ विधातथा सुप्रिया राई ११विधामा पुरस्कृत भए आिफ्नैअभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै खुशी एवम् उत्साहित रहेको प्रतिक घिमिरेले बताएका छन ।

पुरस्कार वितरण कार्यक्रममासंस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्मभएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गरेका थिए  भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिनुका साथै आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजाको लागि शुभकामना दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहितअभिभावक, विद्यालय र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट आशातित शैक्षिक उपलब्धि हासिल गर्न सकिने कुरा बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।