उद्वार गरीएका बालकहरुको अभिभावकहरुसंग पुर्नमिलन

उद्वार गरीएका बालकहरुको अभिभावकहरुसंग  पुर्नमिलन

कपन अनलाइन

काठमाडौं ,चैत्र १७।

विगत १५ बर्ष देखि बालकहरुको क्षेत्रमा कामगर्दै आईरहेको सामुदायिक विकास तथा सचेतना नेपालको  पहल तथा जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा विगत चार महिना देखि बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा रहेका ८ जना नेपाली बालकहरुलाई भारतिय सामाजिक संस्था र भारतीय प्रहरीको उद्वार गरीएको छ  ।
उद्दार गरि ल्याईको बालकहरुलाइ राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी ,जिल्लाप्रहरी कार्यालय गौर लगायत सरोकारवाला निकायहरुको समन्वयनमा २०७९ चैत १६गते परिवारमा पुर्नमिलन गराईएको थियो ।

पछिल्लो समय नेपालबाट विभिन्न बहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरुमा लैजाने क्रम बढेको साथै बालिका तथा महिलामात्रै बेचविखनमा पर्ने नभईकन बालकहरु पनि उच्च जोखिममा रहेको यस घटना बाट पुष्टि हुन्छ ।
स्बदेश फिर्ति गरी पुर्नमिलन गराएका८जनाबालहरु रौतहट, सर्लाही र बाके जिल्लाका छन् । उद्वार गरी ल्याइएका बालकहरु ११देखि १६वर्ष उमेर समुहका रहेका छन् ।
जिल्लाप्रहरी कार्यालय गौरको रोहवरमा भएको पारिवारीक पुर्नमिलन गराउने कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलिप कोइरालाले स्थानिय निकायले आफ्नो पालिका भित्रको बालबालिकाहरुको लेखाजोखा राख्ने र बालबालिकाहरु विभिन्न प्रलोभनमा भारत र नेपालको अन्य जिल्लामा जानबाट रोक्ने पहल गर्नुपर्ने बबताएका थिए  ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालको अध्यक्ष तिलोत्तम पौडेलले बालबाकिा सम्बन्धि ऐन २०७५ तथा नियमावली २०७९ को प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन ।

कार्यक्रमको अन्त्यमा सामुदायिक विकास तथा सचेतना नेपालकाअध्यक्ष ध्रुव प्रसाद अकिारीले पारिवारीक पुर्नमीलन कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिदै पालिकाहरुसँग समन्वय गरि उद्धार गरेका बालबालिकाहरुको निरन्तर अनुगमन गरी संस्थाले  सहयोग गरिरहने बताए  ।

त्यस्तै  जिल्ला प्रहरी गौर प्रमुख विर बहादुर बुढा, जागृति बाल तथा युवा सरोकार नेपालका प्रतिनिधि अरविन खड्का बालबालिका खोज तलास मधेश प्रदेश प्रतिनिधि विरेन्द्र मण्डल,सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँ, पत्रकार अशोक सुजन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।