गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा स्वास्थ्य प्रयोगशाला सेवा शुभारम्भ

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा स्वास्थ्य प्रयोगशाला सेवा शुभारम्भ

कपन अनलाइन

काठमाडौँ, चैत्र १७ । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा स्वास्थ्य प्रयोगशाला  शुभारम्भ गरिएको छ । बिहिबार वडा कार्यलयमा एक कार्यक्रमका बीच प्रमुख अतिथि वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा र  बिशेष अतिथि नगर प्रमुख दीपक रिसालले संयुक्त रुपमा स्वास्थ्य प्रयोगशाला उद्घाटन गरेका हुन ।

वडा अध्यक्ष राजिव थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, जनस्वास्थ्य प्रवद्धर्न उपशाखा प्रमुख पूर्ण बहादुर बस्नेत, अधिकृत नवराज बगाले वडा सदस्यहरु लक्ष्मी गुरुङ, श्रीकृष्ण कारञ्जित, उमेश चालिसे, गमला परियार  नेपाली कांग्लरेस नगर सभापति एबम  नगर प्रमुखका सल्लाहकार कुमार लामा लगायत   स्वास्थ्यकर्मी  महिला स्वास्थ्य स्वयं सेविका वडाका कर्मचारी सहित स्थानीयको उपस्थिति रहेको थियो  ।

वडा सचिव संगिता बरालले संचालन गरेको उक्त कार्यक्रममा स्वास्थ्य अधिकृत नवराज बगालेले  कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसालले जनस्वास्थ्यको संवेदनशिलताका विषयमा नगरपालिका गम्भीर रहेको भन्दै स्वास्थ्य सचेतना र निरोगिताका उपायहरुका बारेमा पनि सेवा प्रवाह गर्नेगरी प्रयोगशाला सेवा  शुरु गरिएको बताएका थिए ।

उनले बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा प्राप्त उपकरण बाट प्रयोगशाला सेवा सुरु गरिएको जानकारी दिदै उक्त सामग्रीको  लागि प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामालाई  धन्यवाद दिएका थिए ।

स–साना स्वास्थ्य समस्याको  निवारण तथा  चेकजाँचको निम्ती वडा बासिले  सास्ति खेपिरहेको अवस्थामा नगरपालिका अन्तर्गत वडा नं ९ मा रहेको स्वास्थ्य चौकीमा शुरु गरीएको प्रयोगशालाले    वडा बासिलाइ धेरै राहत पुग्ने बताएका थिए । वडाको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरिनाका साथै सबै वडाका स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना अभियान सुरुआत गरिएको  जानकारी गराएका थिए ।

उनले नगर अस्पताललाइ सुबिधा सम्पन्न बनाउनको लागि भवन निर्माण लगायतको काम अगाडी बढाइएको जानकारी दिदै  ज्येष्ठ नगर बासीलाइ अस्पतालमा छुट प्रदान गरिरहेको जानकारी गराएका थिए ।

उनले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएको भन्दै उनले आगामी दिनमा सम्पूर्ण नगरबासीको स्वास्थ्य बिमा नगरपालिकाले गर्ने गरि कार्यक्रम ल्याउन लागेको समेत जानकारी दिदै सञ्चालनमा ल्याइएको  प्रयोगशाला  बाट लाभ लिन  वडाबासीहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रमलाइ संक्षिप्त रुपमा सम्बोधन गर्दै प्रमुख अतिथि छिरिंग दोर्जे लामाले प्रयोगशाला  बाट लाभ लिन  वडाबासीहरुलाई अनुरोध गरेका थिए । स्वास्थ्य प्रयोगशालाको व्यवस्थाले स्वास्थ्य परीक्षण गर्न टाढा जानुपर्ने झन्झटबाट स्थानीयबासी मुक्त  हुने बिश्वास ब्यक्त गर्दै स्वास्थ्य चौकीलाई गुणस्तरीय बनाउन प्रयोगशालाले थप टेवा  पुर्याउने बताएका थिए  ।  उनले स्वास्थ्य र शिक्षालाइ जोड दिनुपर्नेमा आफ्नो धारणा राखेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापाले उपस्थित सबैलाई धन्यबाद दिदै  बाटो र माटोमा मात्र विकास गर्ने मात्र नभई मानिसको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको जानकारी गराएका थिए ।

उनले स्वास्थ्य चौकीमा शुरु गरीएको प्रयोगशालाले    वडा बासिलाइ धेरै राहत पुग्ने बताएका थिए । स्थानीय तहको निर्वाचन  हुनुभन्दा पहिलेदेखि गरिएको स्थानीयको माग पूरा भएको बताउदै ।उनले सयको उपचार गर्न हजार रुपयाँ खर्च गर्नुपर्ने यहाँका वडा बासीको अवस्था अब टरेको बताउदै प्रयोगशाला  बाट लाभ लिन  वडाबासीहरुलाई अनुरोध गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।