शंखरापुर नगरपालिका वडा नं ६ मा सुन्टोल माइ राख्ने भवनको उद्घाटन
कपन अनलाइन
काठमाडौँ, चैत्र १५। शंखरापुर नगरपालिका वडा नं ६ मा सुन्टोल माइ राख्ने भवनको उद्घाटन गरिएको छ । शंखरापुर वडा नं ६ को बिशेष पहलमापुरातत्त्व बिभागको आर्थिक सहयोगमा शंखरापुर वडा नं ६ मा निर्माण गरिएको उक्त भवनको नगर प्रमुख रमेश नापितले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।
साँखुमा २०७९चैत २३गते देखि शुरू हुने बज्रयोगिनी माई जात्रामा माइलाइ यही भवनमा बिराजमान गराईनेशंखरापुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष एबम नगर प्रवक्ता समेत रहेका राधाकृष्ण श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए । सुन्टोलका थकाली कृष्णलाल श्रेष्ठ द्वारा बिधिवत पुजाआजा पश्चात नगर प्रमुख नापितले उक्त भवनको उद्घाटन गरेका हुन ।
करिब १ करोडको लागतमा निर्माण गरिएको उक्त भवन उद्घाटन कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष एबम नगर प्रवक्ता समेत रहेका राधाकृष्ण श्रेष्ठ वडा सदस्यहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
भवन निर्माण सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेका पुरातत्व बिभागका सिडिई पुर्णबहादुर श्रेष्ठ , योजना अधिकृत सविता न्यौपाने ,ईन्जिनियर सुरेन्द्र सर ,सुन्टोल टोल सुधार समितिका पदाधिकारी एवं सदस्यहरू लगायत प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई प्रवक्ता श्रेष्ठले धन्यवाद दिएका छन ।