शंखरापुर नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

शंखरापुर नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, चैत्र १२ । शंखरापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । साँखु स्थित भक्ति बेम्बो पार्टी प्यालेसमा शुक्रबार  सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाले  गरेका कामहरुका वारेमा जानकारी प्रदान गर्नुका साथै स्थानीयहरु बाट सुझाव पनि संकलन गरिएको थियो ।

शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख समिता श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल,इलाका प्रशासन कार्यालय प्रमुख सीता परियार, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, नगरपालिकाका कर्मचारीहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।  प्रमुख प्रशासकीय अधिकृत बासुदेब खनालले  नगरपालिकाले सम्पन्न गरेका कामहरुका वारेमा गरेको प्रस्तुतीकरण पश्चात मोक्ष मिडियाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा नगरवासीहरुले जिज्ञाशा राखेका थिए।

साथै उक्त सार्वजनिक सुनुवाईमा मोक्ष मिडियाले नगरपालिकाका विभिन्न वडाहरुमा गरिएको स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुष्टी ,सेवाको नियमितता ,सेवाको गुणस्तर आदि विषयमा उठेका प्रश्नहरुको जवाफ नगरप्रमुख, उप प्रमुख  , प्रमुख प्रशासकीय अधिकृत इलाका प्रशासन कार्यालय प्रमुख लगायतले  दिएका थिए। कार्यक्रमलाइ सम्बोधन गर्दैनगरप्रमुख रमेश नापितले शंखरापुर नगरपालिकाको विकास र समृद्धिका लागि सबैसँग हातेमालो गरेर नगरपालिकालाई अगाडि बढाउन अग्रसर रहेको  बताएका थिए । उनले सेवाग्राहीले उठाएका जिज्ञाशा, सल्लाह, सुझाव अनुसार नै नगरपालिका अघि बढ्ने बताउँदै नगरभित्रका जुनसुकै विषयमा जुनसुकै विषयमा समस्या गुनासो भएमा वडाध्यक्ष, कर्मचारीहरु तथा मेयर उपप्रमुखलाइ  भेट्न सक्ने जानकारी गराएका थिए।

नगरबासीले उठाएका विषयबस्तुलाई संवोधन गर्न नगरपालिका सदैव तयार रहेको समेत जानकारी गराएका  थिए ।कार्यक्रमलाइ सम्बोधन गर्दै नगर उप प्रमुख समिता श्रेष्ठले कार्यालयको काममा बाहेक सरकारी गाडी प्रयोग नगरेको बताउँदै आफ्नो ब्यक्तिगत कामका लागि ब्यक्तिगत सवारी साधन प्रयोग गर्ने गरेको जानकारी गराएकी  थिइन । उनले  विकास आयोजनाहरुको प्रभावकारी ढंगले अनुगमनको काम भइरहेको जानकारी गराउदै न्यायिक समितिले गरेका कामहरुको बारेमा समेत जानकारी  गराएकी थिइन।

 

तपाइँको प्रतिक्रिया ।