उत्कृष्ट कर्मचारी : हरिप्रसाद भण्डारी (लघुकथा)

उत्कृष्ट कर्मचारी : हरिप्रसाद भण्डारी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

सधैँ अबेर कार्यालय जाने श्रीमान् आज समयमै कार्यालय जान लागेको देखेर श्रीमतीदङ्ग परिन् । उनकामनमा जिज्ञासापलायो ।
‘आजअफिसमा जरुरी काम छ ।’ श्रीमान्ले छोटो उत्तर दिए ।
श्रीमतीका मनमा पलाएको जिज्ञासा झाङ्गिँदै गयो र शङ्कामा परिणत भयो । उनले आफूलाई रोक्न सकिनन् ।
‘खाना तयार भएकै छैन । सधैँ अबेर जाने मान्छे आजकिन समयमै कार्यालय जान लाग्नुभएको हो कुन्नि ।’ गनगन गर्न थालिन् ।
वास्तविक कुरा नभनी धर पाएनन् । श्रीमतीका कानतिर मुख लगेर बिस्तारै भने, “आज मातहत कार्यायलमा निरीक्षण तथा छड्के गर्नु छ क्या, त्यसैले ।”
अप्रत्यासित जवाफ सुनेर श्रीमती छक्क परिन् । लामो सास फेर्दै टाउको घुमाइन् । उनको नजर भित्तातिर गयो, जहाँ केही समय पहिले उत्कृष्ट कर्मचारीका नाताले राष्ट्रप्रमुखका हातबाट श्रीमान्ले पाएको कनक जडित तक्मा झुण्डिरहेको थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।