राष्ट्रिय पहिचान : गंगा लिगल (कविता )

राष्ट्रिय पहिचान :  गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

नेपाल सारै नै राम्रो प्रकृति दृश्यले
देशको शोभावन र जंगल गुरास फूलले ।
चन्द्र र सूर्य राष्ट्रिय झण्डा नेपाल चिनाउने
यहिहाम्रो नेपाली पहिचान युग दर्शाउने ।

सिम्रिक रंग अति नै सुन्दर संस्कृति झल्काउने
युगौंयुग अटल रही सौन्दर्य टल्काउने ।
गौमाता हाम्री आमा नै हुन है दूध दिइ पोषण
सेवा र माया गरौं है यिनलाई नगरौं शोषण ।

यो डाँफे चरि उडेको हेर नेपालै रमाइलो
सौन्दर्य यस्को गजब छ हेर आकाशै घमाइलो ।
सनातन धर्म हिन्दु हो हाम्रो संस्कृति जमेको
वेद र पुराण धार्मिक माध्यम संसारै पुगेको ।

जीवन जगत अति नै सुन्दर उदात्त संस्कृति
बाजा र गाजा संगीत हाम्रो नआवस् विकृति ।
नेपाली गीतगाएर यहाँ बालबच्चा नाच्दछन्
रसिलो संस्कृति रसिएर जीवन्त बन्दछन् ।

सुनगाभा फूलमालाझैं वेरी आकर्षण थप्दछ
देशप्रतिको अगाधमाया छर्लङ्ग बन्दछ ।
सगरमाथाहाम्रो राष्ट्रिय शिर यहीगौरव हो
यश र कीर्ति नेपाली पहिचान यही नै सौख हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।