बाल ज्ञान : सुशील आचार्य (कविता )

बाल ज्ञान : सुशील आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

कहिले भज्नु पर्छ राम
कहिले भज्नु श्याम
सानै देखि हामीले
गर्नुपर्छ राम्रो काम
सानालाई मायाँ गरी
आदर ठुलालाई
यतिमात्रगर्न सके
हुन्छ सबैको भलाई
नैतिकशिक्षा पढ्नु पर्छ
अनिआध्यात्मिकशिक्षा
राम्रो बाटो लागुन बाला
हाम्रो यहि ईच्छा
गुरूलाई सम्मान साथ
सधै राखी राख
बाबु नानी बस सधै
आमाबा कै काख
राम्रो राम्रो काम गरि
भविष्यबनाउ
अशल बाटो देखाउनेको
ल जय मनाउ
स्कुलजानु राम्रो पढ्नु
दिएर नै ध्यान
‘बाबुनानीलाई दिएँ मैले ल है यस्तै ज्ञान’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।