गजल : दिपक पनेरु

गजल : दिपक पनेरु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

दीप तिमी सँधै यसरी जलाउनु प्रिय
पहिले मनको अँध्यारो बुझाउनु प्रिय

द्वेषकहिलै मनमा नरहोस कसै प्रति
प्रेम, अनुरागको गीतगाउनु प्रिय

बाटोमाकोई भेटएउ प्यासापथिक
आफ्नो हिस्साको पानी पिलाउनु प्रिय

पाएको छौ ठूलो सौभाग्यले नारी जीवन
त्यो सुन्दर जीवनको मूल्यचुकाउनु प्रिय

पीडाको दवाई बन्न सक्छौ भने बन
विन्तीदिल कसैको पनि नदुखाउनु प्रिय

सक्छौ भने लेख प्रेम अढ़ाई अक्षरको
प्रेमजल बहाई घृणा मिटाउनु प्रिय ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।