गजल : मानन्धर अभागी

गजल : मानन्धर अभागी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

के गर्छौ रङगाएर जिन्दगी फिकाफिका
के गर्नु रमाएर जिन्दगी फिकाफिका

रङ्गिन त्यो वहार उजाड मेरो सिउँदो
क्षणिक सजाएर जिन्दगी फिकाफिका

बाहिर उल्लासमय भित्रभित्र ब्यथा
ऑसु यो दवाएर जिन्दगी फिकाफिका

जिन्दगीमा खुसीनाइँ उध्रेको यो मन
धागोले सिलाएर जिन्दगी फिकाफिका

सँधैको लागी रङ्गियोस् मेरो यो सिउँदो
व्यर्थै मन पराएर जिन्दगी फिकाफिका ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।