“छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ” शान्ति समाज
कपन अनलाइन
काठमाडौं, चैत्र ८।
अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा आज मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा काठमाडौँको जोरपाटी चोकमा सडक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यमान नेपाली समाजमा रहेको जातीय विभेदको अन्त्यका लागि आफ्नो धारण राख्दै नेपाली काग्रेस नेता तथा सांसद सन्तोष चालिसेले जातीय छुवाछुत मानवीय अपराध हो भन्दै आफ्नो धारणा राखेका थिए ।
त्यसै गरी प्रदेश सांसद तथा नेता छिरिङ्ग दोर्जे लामाले समाजमा अत्यत्तै जटिल रुपमा रहेको विभेदको अन्त्य गर्न सरकारका सबै निकायहरुले इमान्दारी पूर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए ।प्रदर्शनमा शान्ति समाजका केन्द्रिय सभापति रामृष्ण बरालले सभ्य समाज निर्माणका लागि जातीय विभेदको उन्मुलन गर्नुपर्ने भन्दै नेपाली समाजमा रहेको सबै प्रकारका विभेदको अन्त्य नभई देश सम्बृद्धी नहुने धारणा राखेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, शान्ति समाजका पूर्व सभापति होमकान्त चौलागाई, सामाजिक अभियान्ता तथा विभिन्न पाटीका नेताहरु मनोज ढुङ्गाना, , लक्ष्मी पुडासैनी, हरिबोल भण्डारी, श्री बराल, श्रीराम चालिसे, दुर्गा बराल, बुद्धराज रिसाल लगायतले समाजमा भएको जातीय विभेदका बिरुद्धमा आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर न. पा वडा नं. ५ का वडा अध्यक्ष नारायण सुवेदी,वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, का. म. न. पा वडा नं ६ का पुर्व वडा अध्यक्ष दिपेन्द्र लामा, कमला नेपाली तथा शान्ति समाजका केन्द्रिय कोषाध्यक्ष किरण ढकाल, केन्द्रिय सदस्य दिवाकर पुडासैनी , समाजका पुर्व कोषाध्यक्ष बटुककृष्ण ढुगेल, जगन्नाथ पुडासैनी, पुर्व काठमाडौं जिल्ला सभापति ईश्वर पुडासैनी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम काठमाडौँ शाखाका सचिव प्रमोद फुयालले पनि आफ्नो धारणा राखेको कार्यक्रम काठमाडौँ शाखा सभापति भगवान पुडासैनीले समापन गरेका थिए ।