एडभान्स चामुण्डा इन्सिच्युटले सम्मान तथा पुरस्कार वितरण गर्ने

कपन अनलाइन

काठमाडौं चैत्र ५। राजधानीको पुर्बी भेगमा आफ्नो छुट्टै नाम र पहिचान सहित शैक्षिक गुणस्तरमा वृद्धि गर्दै अन्य शैक्षिक संस्था संगको    आत्मियतालाइ अझ प्रगाढ बनाउदै आएको एडभान्स चामुण्डा  इन्सिच्युटले  सम्मान तथा पुरस्कार वितरण गर्ने भएको छ ।

चैत्र ७ गते मंगलबार जोरपाटी स्थित पिस ब्यन्केटमा एस ईई दिने बिद्यार्थीहरुलाई लक्षित गर्दै  आयोजना गरिएको  गणित बिषयको प्रतियोगी परीक्षा सिजन -१५ का  उत्कृष्ट ११ जनालाई ट्रफी मेडल प्रमाण पत्र र  कलेजको पूर्ण छात्रवृत्ति प्रदान गरिनुको साथै सहभागी बिध्यालयका उत्कृष्ट ५ बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र सहित  सम्मान गर्न लागिएको  एडभान्स चामुण्डा  इन्सिच्युटका   प्रोपाइटर दिपक रायमाझीले  जानकारी गराए  ।

बिहान १० बजे बाट शुरु हुने उक्त कार्यक्रममा सहभागी भई बिद्यार्थीहरुलाई हौसला बढाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।२०६३ साल देखि एडभान्स चामुण्डा इन्सिच्युटले आयोजना गर्दै आएको एस ई ई दिने बिद्यार्थीहरुको लागि गणित बिषयको  प्रतियोगी परीक्षालाइ निरन्तरता  दिदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।