कुमारी आवासीय माध्यमिक बिध्यालय (केब्स)को स्वागत, बिदाइ तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न

कुमारी आवासीय माध्यमिक बिध्यालय (केब्स)को स्वागत, बिदाइ तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, चैत्र ५ ।काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टुसालमा संचालित कुमारी  आवासीय माध्यमिक बिध्यालय (केब्स) प्लस टु कलेजको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रम  भब्य रुपमा सम्पन्न भएको छ।

शनिबार  मुलपानी क्रिकेट स्टेडियम संगै रहेको रोयल प्यालेसमा कुमारी  आवासीय माध्यमिक बिध्यालय (केब्स) प्लस टु कलेजका अध्यक्ष पारसमणि  पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार डा. रमेश सुबेच्छुक, बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान,लोकप्रिय गायिका कुन्ती मोक्तान,प्याब्सन काठमाडौं जिल्ला सहसचिब एबम लिबर्टी स्कुलका प्रिन्सिपल ओम प्रसाद ढकाल, निसानका अध्यक्ष एबम गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल सौर्यनाथ आचार्य,शिक्षा सेवी रमा पोखरेल,  समाजसेवी पार्वती दाहाल, केब्स बिद्यालय व्यवस्थापन समिति अध्यक्ष निलकण्ठ ढुंगाना,केब्स प्लस टु कलेजका  प्रिन्सिपल,सुरेश कुमार भट्टराई,भाइस प्रिन्सिपल  गोबिन्द दंगाल, बोर्ड अफ डायरेक्टर कल्पना निरौला,  श्रीकृष्ण गौतम ,  दिपक रायमाझी,राम चन्द्र सिग्देल,साकार गजुरेल लगायत शिक्षक बिद्यार्थी र अभिभावकहरु र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो  ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा  बिद्यार्थीहरुले देशभक्ती झल्काउने गित तथा नृत्य मार्फत स्वागत गरेका  थिए । कार्यक्रममा केब्स कलेजका भाइस प्रिन्सिपल गोबिन्द दंगालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

 उनले कुमारी  आवासीय माध्यमिक बिध्यालय (केब्स) संचालन भएको ३६ वर्ष पुगेको र त्यो अवधिमा  थुप्रै उतारचढावका बाबजुत आजको स्थानसम्म ल्याइ पुर्याउन सहयोग गर्ने सबैजनालाइ धन्यबाद दिएका थिए केब्स  प्लस टु कलेजले  विद्यार्थीहरुको आवश्यकता  पुरागर्ने गरि अध्यायन अध्यापनमा सरिक भइ अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको बताए ।विद्यार्थीको सर्वपक्षीय विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलाप सहित सबै किसिमका गतिविधिमा जोड दिँदै आएको उल्लेख गरे।

कार्यक्रममा केब्स कलेजको कक्षा १२  मा अध्ययनरत  सकिना खातुनले स्वागत मन्तब्य  र कक्षा ११ मा अध्यनरत एस्थर श्रेष्ठले बिदाइ मन्तब्य राखेको कार्यक्रम अवधिभर केब्स कलेजका विद्यार्थीका प्रतिभा प्रस्तुत गरिएको थियो। विभिन्न भेसभुसामा सजिएका बिद्यार्थीहरुको मौलिक प्रस्तुतिहरूले विभिन्न भेसभुसा र संस्कृतिको मञ्चमा प्रतिनिधित्व गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य  राख्दै  कुमारी  आवासीय माध्यमिक बिध्यालय (केब्स) बिध्यालय व्यवस्थापन समितिका  अध्यक्ष निलकण्ठ ढुंगानाले विद्यार्थीहरूमा अन्तर्निहित रहेको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरूको व्यक्तित्व विकासका लागि  बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराएका  थिए ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको केब्स प्लस टु कलेजले   कक्षा ११मा  विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन बिषयमा अध्यापन गराउदै आएको जानकारी दिदै भयरहित वातावरणमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको  केब्स कलेजले  गुणस्तरीय शिक्षासँगै संस्कार सहितको सीपमूलक शिक्षालाइ प्राथमिकतामा राखेको जानकारी गराएका  थिए ।विद्यार्थीको सफलता र सारथि बन्नका लागि केब्स टिम सधैँ तत्पर रहेको भन्दै आजको युग सुहाउँदो शिक्षा दिनका लागि प्रयोगात्मक तथा सिपमूलक पद्धति मार्फत शिक्षण सिकाइ गर्दै अर्थपूर्ण काम विद्यालयले गरिरहेको  उनको  भनाई  रहेको थियो । आफ्नो कोर्स पूरा गरेर बिदाइ हुँदै गरेका विद्यार्थीलाई जीवनको परीक्षा सुरु हुन लागेकाले त्यसका लागि समेत तयार रहन उनले  सुझाव  दिएका  थिए  ।

कार्यक्रममा  कलेजले साहित्यकार डा. रमेश सुबेच्छुक, बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान,लोकप्रिय गायिका कुन्ती मोक्तान,लाइ बिसेष सम्मान गरेको थियो भने कलेजका उत्कृष्ट शिक्षकहरु संगैशिक्षा सेवी रमा पोखरेल,  समाजसेवी पार्वती दाहाललाइ   समेत सम्मान गरिएको  थियो । कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले पनि  केब्स कलेजले दिदै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाको चर्चा गर्दै आगामी दिनमा अझै धेरै सफलताका लागि शुभकामना दिएका थिए ।

कार्यक्रममालाइ सम्बोधन गर्दै साहित्यकार डा. रमेश सुबेच्छुकले विद्यार्थीलाई सकारात्मक सोच राखेर अघि बढे सबैतिर अवसर रहेको बताउदै  विद्यार्थीलाई संस्कार नभुल्न अनुरोध गरेका थिए । कक्षा १२ उत्तीर्ण गरेर स्नातक पढ्न जाँदै गर्दा विद्यार्थीहरूले नयाँ सीप र क्षमताका साथ जानुपर्ने कुरामा पनि उनले जोड दिए ।कार्यक्रममा विद्यालयले आयोजना गरेको  खेलकुद सप्ताहमा बिजयी खेलाडी हरुलाई  मेडल ,प्रमाण पत्र  प्रदान गरिएको थियो  भने कक्षा १२ बाट बिदाइ हुने  बिद्यार्थीहरुलाई  मायाको चिनो समेत प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।