पिकपोइन्ट एजुकेसन नेटवर्कमा किन्डरगार्टेनका विद्यार्थीहरुको दिक्षान्त सम्पन्न

पिकपोइन्ट एजुकेसन नेटवर्कमा किन्डरगार्टेनका विद्यार्थीहरुको दिक्षान्त सम्पन्न

कपन अनलाइन

काठमाडौं, चैत ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको पिकपोइन्ट एजुकेसन नेटवर्कमा किन्डरगार्टेनका विद्यार्थीहरुको दिक्षान्त सम्पन्न  भएको छ।

पिकपोइन्ट एजुकेसन नेटवर्क अन्तर्गत रहेको पिक पोइन्ट पब्लिक स्कुल र पिक पोइन्ट एकेडेमीमा प्रि प्राइमरी देखि एस केजी सम्म अध्यनरत रहेका विद्यार्थीहरुलाई दीक्षित गरिएको कार्यक्रममा विद्यार्थीहरुको सृजनात्मक प्रस्तुतिहरु समेत प्रदर्शन गरिएको थियो।

पिक पोइन्ट एकेडेमीका प्रिन्सिपल विनय श्रेष्ठ , भाइस प्रिन्सिपल महेश केसी , पिक पोइन्ट पब्लिक स्कुलका प्रिन्सिपल ईश्वर केसी , विद्यालयका संचालक ठमिन्द्र खतिवडा लगायतको उपस्थिति रहेको सो कार्यक्रममा प्रमाण पत्र तथा पुरस्कार वितरण समेत गरिएको थियो।

पिकपोइन्ट एजुकेसन नेटवर्कले  विभिन्न शैक्षिक संस्थाहरुको संजाल बनाएर लामो समय देखि शिक्षा क्षेत्रमा क्रियाशील रहेको छ।

 

तपाइँको प्रतिक्रिया ।