सेन्ट लरेन्स स्कुल चवाहिलको अभिभावक दिवस सम्पन्न

सेन्ट लरेन्स स्कुल चवाहिलको अभिभावक दिवस सम्पन्न

कपन अनलाइन

काठमाडौं, चैत ५।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको सेन्ट लरेन्स स्कुल चवाहिलको अभिभावक दिवस सम्पन्न भएको छ।

सेन्ट लरेन्स स्कुल व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद दंगालको अध्यक्षतामा भएको अभिभावक दिवस समारोहमा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) का प्रदेस सभा सदस्य श्रीराम लामिछाने,काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष बिमल कुमार होडा सहित विभिन्न क्षेत्रका  विसिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेको सेन्ट लरेन्स स्कुल चवाहिलको अभिभावक दिवसमा विद्यार्थीहरुको रचनात्मक तथा सृजनात्मक गतिविधिहरु रहेका थिए।

सो अवसरमा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशबप्रसाद दंगालले सेन्ट लरेन्स एउटा स्कुल मात्र नभई सबै बिद्यार्थीहरुको एउटा असल अभिभावकको भूमिकामा रहेर शिक्षण सिकाईको काममा समर्पित भएको जानकारी दिएका थिए  ।

अभिभावक दिवसको अवसरमा गरिएको सो कार्यक्रममा सेन्ट लरेन्स स्कुलका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले स्वागत मन्तव्य राख्दै विद्यालयले विगतमा गर्दै आएको असल गतिविधि र भविष्यमा गर्ने विभिन्न शैक्षिक योजनाहरुका बारेमा अभिभावकलाई प्रष्ट पारेका थिए  ।

 

 

तपाइँको प्रतिक्रिया ।