जनकल्याण उच्च माविमा ‘स्टिम क्लब’को आयोजनामा शैक्षिक सामग्री प्रदर्शनी

जनकल्याण उच्च माविमा ‘स्टिम क्लब’को आयोजनामा शैक्षिक सामग्री प्रदर्शनी

कपन अनलाइन

मकवानपुर ,चैत्र १ ।

काठमाण्डौ महानगरपालिका वडा नं ६  महाँकालस्थित जनकल्याण उच्च माविमा ‘स्टिम क्लब’को आयोजनामा शैक्षिक सामग्री प्रदर्शनी गरिएको छ ।

कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले बनाएका शैक्षिक सामग्री विद्यालयपरिसरमा प्रदर्शनी गरिएको हो । विद्यार्थीले कागजको प्रयोग गरी धरहरा, विभिन्न ऐतिहासिक स्थलहरू, फलफूल, बोटबिरुवालगायतका चित्र तथा सामग्री प्रदर्शनमा राखिएका थिए ।

विद्यार्थीलाई चित्रकलामा आकर्षक गर्न र उनीहरूको क्षमता विकासका लागि प्रोत्साहनमूलक प्रदर्शनी गरिएको विद्यालयकी प्रअ कुमारी कमला राईले जानकारी दिएकी छन  । उनका अनुसार विद्यार्थीले कागज, मसीलगायतको प्रयोग गरी आकर्षक शैक्षिक सामग्री र चित्र तयार पारेका थिए ।

तपाइँको प्रतिक्रिया ।