कैलाश गाउपालिका स्तरीय अन्तर वडा प्रथम अध्यक्ष कपको उपाधी वडा नं १० लाइ
कपन अनलाइन
मकवानपुर ,चैत्र १ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराको साथमा कैलाश गाउँपालिकाद्वारा आयोजित कैलाश गाउपालिका स्तरीय अन्तर वडा प्रथम अध्यक्ष कप नकआउट रनिंगशिल्ड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । फाल्गुन २७ गते देखि कैलाश ९ नामटार खेल मैदानमा शुरु भएको उक्त प्रतियोगिता फाल्गुन ३० गते मंगलबार सम्पन्न भएको हो ।मंगलबार भएको फाइनल खेलमा वडा नं १० ले वडा नं ५ लाइ २-१ गोल अन्तरले पराजित गर्दै उपाधी माथि कब्जा जमाएको हो ।
उपाधी विजेता वडा नं १० ले ६३ तोला चाँदीको कपसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको वडा नम्बर ५ ले भने ४० हजार रुपैंया नगद पुरस्कारमा चित्त बुझाएको छ । प्रतियोगितामा वडा नं ९ तृतीय भएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर १० का सुर्य थिङ घोषित भए । प्रतियोगितामा वडा नम्बर १० का भुपेन्द्र महर्जन उत्कृष्ट गोलरक्षक, वडा नम्बर ५ का अम्बरसिंह पाख्रिन उत्कृष्ट डिफेन्डर, वडा नम्बर १० का साजन जिम्बा उत्कृष्ट मिडफिल्डर, वडा नम्बर १० का अजय गुरुङ उत्कृष्ट फरवार्ड, वडा नम्बर ३ का सुविन थिङ उदयमान खेलाडी, वडा नम्बर १० का रेशम थिङ उत्कृष्ट प्रशिक्षक र वडा नम्बर ५ का निर्जल लामा उत्कृष्ट म्यानेजर घोषित भएका छन् ।
कैलाश गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईबाको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा बिजेता, उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य इन्द्र बहादुर बानियाँ बिशेष अतिथि गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, उपप्रमुख बालकुमार मल्ल ठकुरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।