घटराज मेमोरियल स्कुल बुढानिलकण्ठ -१२ को अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

घटराज मेमोरियल स्कुल बुढानिलकण्ठ -१२ को अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन २८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ घटराज मेमोरियल स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

बरिस्ट पत्रकार तथा लेखक पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यतामा भएको सो  अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुको सृजनात्मक प्रस्तुतिहरु रहेका थिए।

विद्यालयका प्रधानाध्यापक राजेशराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु सहित विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।

लामो समय देखि शैक्षिक विकासमा योगदान पुर्याउदै आएको सो विद्यालयको नामकरण  नेपाली साहित्य र शिक्षा जगतका प्रभावशाली हस्ताक्षर स्वर्गीय घटराज भट्टराईको सम्झनामा गरिएको छ।

विद्यालयकी संचालक विमला घिमिरेको संचालनमा भएको उक्त अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।