अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाडौको बिचार गोष्ठी सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाडौको बिचार गोष्ठी सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन २८।

रास्ट्रको शान : महिला अधिकारको सम्मान मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा फागुन २४ गते रास्ट्रको शान : महिला अधिकारको सम्मान विषयक बिचार गोष्ठी आयोजना   गरेको छ ।

कार्यक्रममा मुख्य अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य  सन्तोष चालिसे , प्रतिनिधि सभा सदस्य शान्ति श्रेष्ठ र अख्तियारका आयुक्त  डा सुमित्रा अमात्यले समान अबसर र समान सहभागिता नारी अधिकारका आधारभुत मान्यता रहेको बताएका थिए  ।

भ्रष्टाचार मुक्त आचरणमा नारी सहभागिता महत्त्वपूर्ण रहेकोे प्रति वक्ताहरुले धारणा राख्नु भएको थियो । कार्यक्रममा गोकर्नेश्वर नगर प्रमुख दिपक रिजाल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पुर्ब उपमेयर शान्ति नेपाल, शान्ति समाजका पुर्ब सभापति होमकान्त चौलागाईं, आचार्य श्री महेन्द्र भट्टराई समेतले धारणा राखेका थिए  ।

शान्ति समाज काठमाडौ शाखाका सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिब प्रमोद फुयालले आफ्नो विचार व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।