पायोनियर पब्लिक स्कुल बुढानिलकण्ठ -१२ को २४ औ वार्षिकोत्सव सम्पन्न

पायोनियर पब्लिक स्कुल बुढानिलकण्ठ -१२ को २४ औ वार्षिकोत्सव सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन २८।

पायोनियर पब्लिक स्कुल बुढानिलकण्ठ -१२ को २४ औ वार्षिकोत्सव सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको मिलन चोक पार्टी भेन्युमा भएको वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक र रचनात्मक गतिविधिहरु प्रस्तुत गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र व्यवस्थापन समिति अध्यक्ष प्रमिला केसीको अध्यक्षता भएको पहिलो शत्रमा पुरस्कार वितरण तथा वार्षिकोत्सव भएको थियो भने बागमती प्रदेस सभा सदस्य मिना पराजुलीको प्रमुख आतिथ्यतामा एस ई ई बिदाइ,श्रस्टा सम्मान सहितको दोश्रो शत्र रहको थियो   गरिएको थियो।

पायोनियर पब्लिक स्कुल विद्यालय संचालक  समितीका  अध्यक्ष जयराज श्रेष्ठको अध्यक्षता र नेसनल प्याव्सन केन्द्रीय सह अध्यक्ष सुवास न्यौपाने र नेसनल प्याव्सन बुढानिलकण्ठका अध्यक्ष नारायण बाबु तिमल्सिनाको उपस्थितिमा भएको दोश्रो शत्रमा एस ई ई बिदाइ,श्रस्टा सम्मान गरिएको थियो। ।

पायोनियर पब्लिक स्कुलकी प्रधानाध्यापक सुस्मिता मैनालीले अतिथि तथा अभिभावकहरुलाई स्वागत गर्दै विद्यालयका गतिविधि तथा उपलव्धिहरुका वारेमा जानकारी दिएकी थिइन्।

सो कार्यक्रममा विभिन्न क्षेत्रका विसिस्ट व्यक्तित्व सहित विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

 

 

 

तपाइँको प्रतिक्रिया ।