तिरुपति इंगलिस बोर्डिंग स्कुल बुढानिलकण्ठ-१० को १६ औ वार्षिकोत्सव सम्पन्न

तिरुपति इंगलिस बोर्डिंग स्कुल बुढानिलकण्ठ-१० को १६ औ वार्षिकोत्सव सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन २८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको तिरुपति इंगलिस बोर्डिंग स्कुलको १६ औ वार्षिकोत्सव तथा  अभिभावक दिवस सम्पन्न भएको छ।

पुर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको विद्यालयको १६ औ अभिभावक दिवसमा नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल सहित कलाकारिता , पत्रकारिता र शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र  निवर्तमान प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको उपस्थिति रहेको अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरुले विभिन्न रचनात्मक तथा सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए।

कार्यक्रमका अतिथि तथा अभिभावकहरुलाई स्वागत गर्दै तिरुपति इंगलिस बोर्डिंग स्कुलका प्रधानाध्यापक तेन्जिङ भोटियाले विद्यालयका उपलव्धि र गतिविधिहरुका वारेमा जानकारी दिएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।