प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका श्रेष्ठको सुनुवाइ मङ्गलबार हुने

काठमाडौँ, १३ असार । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कल्याण श्रेष्ठको सुनुवाइ आगामी मङ्गलबार गर्ने भएको छ ।

समितिको आज बसेको बैठकमा समितिका सभापति कुलबहादुर गुरुङले सोमबार आवश्यक प्रक्रियाको तयारी गरेर उजुरीकर्ताहरुलाई बोलाउने र मङ्गलबार बिहान प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका श्रेष्ठलाई बोलाउने बताउनुभयो ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई गत जेठ २६ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साह असार २३ गते सेवानिवृत्त हुनुहुनेछ ।

तपाइँको प्रतिक्रिया ।