प्रतियोगिता : बाबुकाजी सुवाल ‘विकेश निराशी’ (लघुकथा )

प्रतियोगिता : बाबुकाजी सुवाल ‘विकेश निराशी’ (लघुकथा )

कपन अनलाइन
काठमाडौं, फागुन २०।

‘कविता प्रतियोगिताको पचासौं श्रृङखला सुरु भयो नि । भाग लिने होइन ?’ बिहानै नाम चलेको एकजना आयोजकले प्रसिद्ध कविलाई फोन गरेर सोधे ।
‘मलाई रुचि छैन । भाग लिन्नँ ।’ कविले जवाफ दिए ।
‘भाग लिइदिनुस् न । भाग लिनेको संख्या एकदमै घट्यो के हजुर । तपाईंले पनि भाग लिनुभयो भने हाम्रो प्रतियोगिताको इज्जत बढ्छ हजुर ?’ आयोजकले कर गरेर भन्यो ।
‘तिमीहरूको प्रतियोगिताको नतिजा पहिले नै सबैलाई थाहा हुन्छ । अनि कसले भाग लिन्छ र प्रतियोगी बढ्नु ? ………, हेलो …. हेलो ….. !’
कविले कुरा नसकाउँदै फोन काटियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।