फूल : दिव्य गिरी (लघुकथा )

फूल : दिव्य गिरी (लघुकथा )

कपन अनलाइन
काठमाडौं, फागुन २०।

मूल ढोकाबाट भित्र पसेदेखि नै बगैँचामा फूलेको सौन्दर्य र फूलहरूबाट निस्केको सुगन्धले ऊ अत्यन्त मोहित भएको थियो ।
घरभित्रको वातावरण बाहिरको भन्दा अझै मनमोहक र सुन्दर थियो । भुइँमा ओछ्याएको गलैँचा, झ्यालमा राखेको पर्दा र सोफा सेट, कुर्सी, बिजुली वत्ती, भित्तामा झुन्डाएको चित्रकला आदि देखेर ऊ निकै आश्चर्यमा परिरह्यो ।

भरेङको प्रत्येक खुड्किलाहरूमा सुनझैं टल्किने पित्तलका ठूला ठूला गमलामा राखिएको विभिन्न रङका फूलहरू बाहिर बगैँचामा फुलेका फूलभन्दा पनि ठूला र आकर्षक थिए ।
‘आमा ! आमा ! बाहिरको फूलहरूबाट मगमग वास्ना आएको थियो तर यहाँका फूलबाट वास्ना आएको छैन, किन ?’
‘यहाँ राखिएका सबै फूलहरू प्लास्टिकबाट बनेका हुन् बाबु । मानिसहरू हिजोआज नक्कली फूलमा रमाउन थालेका छन् ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।