एकता जेम्स प्लस २ कलेज गोकर्णेश्वर ५ले स्वागत तथा सम्मान कार्यक्रम गर्दै

कपन अनलाइन

काठमाडौं, फाल्गुन १२ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा संचालित एकता जेम्स हाइ स्कुल प्लस २ कलेजले कक्षा ११मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

शनिबार ड्रिम हाउस पार्टी प्यालेसमा एकता जेम्स हाइ स्कुल प्लस २ कलेजले संचालन गरेको  बिभिन्न संकायमा भर्ना भइ अध्ययन शुरु गरेका कक्षा ११ का बिद्यार्थीहरुलाई  स्वागत तथा सम्मान गर्ने  भएको हो ।

सांस्कृतिक कार्यक्रम समेत समाबेश गरिने स्वागत तथा  सम्मान कार्यक्रममा नेपालका चर्चित गायक अल्मोडा राना उप्रेती गायिका अस्मिता अधिकारी गायक सागर आले मगर हास्य कलाकार दिनेश काफ्ले लगायतको प्रस्तुति रहने  कार्यक्रममा सहभागी हुन समेत कलेजले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।