गोकर्णेश्वर ४ मा बजार अनुगमन
कपन अनलाइन
काठमाडौं, फाल्गुन १२ । गोकर्णेश्वर ४ मा बजार अनुगमन गरिएको छ । बिहिबार गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ का वडासदस्य एबम कार्यपालिका सदस्य गौरी श्रेष्ठ वडा सदस्य सुनिता परियार , वडा सचिव नवराज सेन सहित कर्मचारीको टोलीले वडा नं ४ भगवतीस्थान वरपर संचालित पसलहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दर्ता तथा नविकरण नभएका पसलहरुलाई दर्ता तथा नविकरणका लागि एक हप्ताको म्याद सहित सुझाव दिईएको थियो । दिईएको समयमा पसल दर्ता, नविकरण तथा नगरपालिकाले दिएको सुझाव अनुसारका काम नगरे कारवाही प्रक्रिया अगाडी बढाउने वडाले जानकारी दिएको छ ।
अनुगमन गरिएका सबै पसलमा अनिवार्य रुपमा मूल्य सूची सबैले देख्ने गरी राख्न, सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम गर्ने कुरामा विशेष ध्यान दिइ मासुको बिक्री वितरण गर्न स्थलगत रुपमै निर्देशन दिइएको वडाले जानकारी गराएको छ ।