अन्तर्राष्ट्रिय महिला दिवसको तयारी : बुढानीलकण्ठका महिला जनप्रतिनिधीहरुका लागि अनुशिक्षण

अन्तर्राष्ट्रिय महिला दिवसको तयारी : बुढानीलकण्ठका महिला जनप्रतिनिधीहरुका लागि अनुशिक्षण

कपन अनलाइन
काठमाडौं, फागुन १२।

बुढानीलकण्ठ नगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजनामा नगरपालिकाका महिला जनप्रतिनिधीहरुका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको तयारीको सन्दर्भमा आयोजित कार्यक्रममा लैङ्गिक विभेद तथा महिलाहरुको प्रत्येक क्षेत्रमा समावेशीकरण र महिलाहरुमा प्रविधीको विस्तार लगायतका विषयहरुका वारेमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद माननिय डा.बिन्दा पाण्डेले   महिलाहरुका लागि हालको समयमा आफ्नो दायित्व वहन गर्दै आर्थिक, सामाजिक, राजनैतिक लगायत प्रत्येक क्षेत्रमा प्रविधि अभिन्न पाटो रहेको बताएकी थिइन।

कार्यक्रमका  विशेष अतिथिका रुपमा उपस्थित रहनुभएको यसै नगरपालिकाका पूर्व उप-प्रमुख रमा देवी राईले समावेशीकरणको विषयहरुलाई आजसम्म पनि छलफल, कार्यक्रमहरुमा मात्र सिमित राखिएकोले  अझै दैनिक रुपमा हरेक क्षेत्रमा कार्यान्वयन गर्न मुस्किल रहेको धारणा राखेकी थिइन।

त्यस्तै टोखा नगरपालिकाबाट पूर्व उपप्रमुख ज्ञानमाया डंगोलले जनप्रतिनिधीहरुलाई आफ्नो समाज तथा नगरका लागि गरिने कार्यहरुलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै समाजको रुपान्तरण सँगै आफूले पाउनुभएको पद तथा अधिकारको पूर्ण उपयोग गर्नुपर्ने बताएकी थिइन्।

महिलाहरुमा भइरहेको विवेदको अन्त्य गर्नका लागि महिला आफू मात्र नभई महिला-पुरुषहरुको समान समन्वय जरुरी रहने बताउदै नगर उप-प्रमुख अनिता लामाले  महिला जनप्रतिनिधीहरुलाई आफ्नो वडा, नगर तथा समाज सबै स्थानमा समान योगदान दिँदै आएकोले त्यसको उचित मुल्यांकन समेत जरुरी रहेको धारणा राखेकी थिइन् ।

मार्च ८ तारिखमा मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवसको यस वर्षको नारा Digital: Innovation and Technology for Gender Equality तथा राष्ट्रिय नारा “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रिविधीमा महिला पहुँचको विस्तार” रहेको छ ।

तपाइँको प्रतिक्रिया ।