Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/02/333106378_1610501416090379_1597994745860453894_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकामा विज्ञान प्रदर्शनी :गान्धी आदर्श र श्रमशील बिद्या पिठ प्रथम

कपन अनलाइन

काठमाडौं, फाल्गुन १२ । कागेश्वरी मनोहरा नगरपालिका स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ३ स्थित भद्रबासमा रहेको आदर्श माध्यामीक विद्यालयमा नगरपालिकाद्धारा आयोजित नगरस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले बिज्ञान प्रदर्शनीको उद्घाटन गरेका हुन कार्यक्रम उद्घाटन गर्दै   नगर प्रमुख कार्कीले विद्यार्थी माझ रहेको प्रतिभालाई व्यवहारिक रुपमा सिकाइ, सिकाई उपलब्धि हासिल गर्न यस प्रकारको प्रतियोगिता र प्रदर्शनीको आवश्यकता रहेको औल्याए ।

उनले किताबी ज्ञानमा मात्र विद्यार्थीहरुलाई सीमित नराख्न विद्यालय र अभिभावकलाई आग्रह  समेत गरेका थिए। विज्ञान र प्रविधिलाई प्रत्यक्ष जीवनसँग जोडेर शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै नगरपालिकाले शैक्षीक क्षेत्रलाई अगाडि बढाउन जस्तोसुकै सहयोग गर्न तयार रहेको  बताए । बिज्ञान प्रदर्शनीले विद्यार्थीहरुको सृजनशिलतालाइ उजागर गर्ने  बताउदैस्थानीय रुपमा उपलब्ध श्रोत साधनको प्रयोग गरि बिज्ञानको अवधारणा बुझ्न बिद्यार्थीलाइ  सघाउ पुर्‍याउने  बिश्वास ब्यक्त गरेका थिए ।

 

प्रमुख कार्कीले विद्यार्थीहरुले निर्माण गरेका प्रबिधि, उपकरण तथा औजारहरुको कौतुहुलता पुर्वक निरिक्षण तथा अवलोकन  समेत गरेका थिए । उनले  कुन प्रबिधि, औजार तथा उपकरण कुन बैज्ञानिक सिद्धान्त प्रयोग भएको भन्ने बारेमा विद्यार्थीहरुलाइ सोधेका समेत थिए । हरेक स्टलहरुमा अवलोकनको लागि पुगेका नगर प्रमुख कार्कीले  विद्यार्थीलाई बैज्ञानिक खोज अनुसन्धानमा लाग्न उत्प्रेरित गर्दै बिज्ञान प्रदर्शनीबाट आफुले केही सिक्ने अवसर पाएको बताएका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राम मणि पुडासैनीले  कार्यक्रम सफलताको शुभकामना ब्यक्त  गर्दै यस्ता कार्यक्रमले बिद्यार्थीलाई समुहमा बसेर  काम गर्ने क्षमताको विकास गर्न, खोज अनुसंधान गर्न, अभिबृद्धी कलाको विकास गर्न सहयोग पुर्याउने बताए  ।

प्रदर्शनीमा ३५ विद्यालय सहभागि भएका थिए भने ६० वटा स्टल राखिएको थियो । दर्जन भन्दा बढी प्रोजेक्टहरु पनि प्रदर्शन गरिएको प्रदर्शनीको हजारौ विद्यार्थीहरुले अवलोकन गरेको नगरपालिकाले जनाएको छ ।प्रदर्शनीमा सामुदायीक र संस्थागततर्फ छुट्टाछुट्टै मूल्यांकन गरिएको थियो ।प्रदर्शनीमा सामुदायिक तर्फ गान्धी आदर्श माध्यमिक विद्यालय र संस्थागत तर्फ श्रमशील बिद्या पिठ प्रथम भएको छ । उक्त बिध्यालयले विज्ञानको जीव शास्त्रसँग सम्बन्धित विभिन्न प्रयोगात्मक प्रदशनीहरु  देखाएका थिए ।

प्रदर्शनीमा नेपाल राष्टिय निमार्ण माध्यमिक विद्यालयले दोस्रो स्थान हात पार्न सफल भएको छ । कागेश्वरी नगरपालीका–६ स्थित सो विद्यालयले सौर्य हरितगृहबाट किसानले उत्पादन गर्न सकिन्छ भन्ने प्रस्तुति दिएको थियो ।सो विद्यालयका छात्र रोहन डल्लाकोटी, सरला लामिछाने र खगेन्द्र श्रेष्ठले हिमाली भेगमा तथा बेमौसमा पनि किसानहरुले कसरी कृतिम हरितगृहबाट खेती गर्न सकिन्छ भन्ने प्रयोग देखाएका थिए ।

त्यस्तै, संस्थागत विद्यालयतर्फ बिद्या आर्जन स्कुल द्वितीय हुन सफल भएको छ ।प्रदर्शनीमा सामुदाायीक विद्यालयतर्फ कान्तिभौरव माध्यमिक विद्यालय र संस्थागत विद्यालयतर्फ माउन्ट एभरेस्ट स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका छन् । सामुदायिकतर्फ आदर्श माध्यमिक विद्यालय र संस्थागत विद्यालय तर्फ द सेलिब्रेसन कोएड स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राज रावलको अध्यक्षतामा समपन्न उद्घाटन सत्रको कार्यक्रम संचालन शिक्षा शाखा प्रमुख बिमल निरौलाले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।