बुढानीलकण्ठ नगरपालिका वडा नं १३ रातमाटा डाँडामा विशाल शिव मुर्ति निर्माण हुने

बुढानीलकण्ठ नगरपालिका वडा नं १३ रातमाटा डाँडामा विशाल शिव मुर्ति निर्माण हुने

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं  १३  रातमाटा डाँडामा शिवको मुर्ति निर्माण हुने भएको छ । करिव २ करोड लागतमा निर्माण हुने सो शिव मुर्ति वेस देखी ५० फिट अग्लो र ३५ फिट फराकिलो हुनेछ।

महाशिवरात्रिको अवसर पारेर नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं १३ का वडाध्यक्ष  टिकेश नारायण श्रेष्ठ लगायतका अन्य वडाका वडाध्यक्ष र स्थानीय सहितको टोलीले मुर्ति निर्माण हुने स्थानको स्थलगत अवलोकन गरेका छन।

स्थलगत अवलोकनमा पुगेका नगर प्रमुख अधिकारीले आन्तरिक तथा वाह्य पर्यटक नगरमा भित्र्याउन जिल्लाकै ठुलो शिव मुर्ति निर्माण गर्ने तयारी गरेको बताउदै  नगरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्तगरेका थिए  ।

वडा नम्बर १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठले अग्लो र सुन्दर स्थानमा जिल्लाकै ठुलो मुर्ति निर्माण गर्दा स्थानीयहरुको व्यवसायमा समेत केही आड पुग्ने बताउदै छिट्टै मुर्ति निर्माणकोे काम सम्पन्न गरेमा वडावासीलाई केही रोजगार समेत मिल्ने विस्वास व्यक्त गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।