किसुनजी प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवसको अवसरमा विचार गोष्ठी एवम् सम्मान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,फागुन ९ ।
स्व.कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले प्रजातन्त्र दिवसको अवसरमा विचार गोष्ठी एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रजातन्त्र दीवसको अवसरमा राष्ट्रिय सभा गृहमा आज आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति एवं संस्कृत विद् डा. जगमान गुरूङ, वरिष्ठ पत्रकार युवराज घिमिरे लगायतका बिच अन्तरक्रिया तथा विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै, विचार गोष्ठीमा आफ्नो विचार प्रस्तुत गर्दै, कार्यक्रममा प्रमुख अतिथि बोधिसत्व स्वामी आनन्द अरुणले,’रुसको लेनिन भारतको गान्धी जस्तै नेपालको राष्ट्रपिताको रुपमा कृष्ण प्रसाद भट्टराई किसुनजि लाई घोषणा गर्न आवश्यक रहेको बताए ।’
कार्यक्रमका अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ संस्कृतविद डा. जगमान गुरुङ्गले, ‘देशमा संवैधानिक राजतन्त्र सहितको हिन्दुराज्यको आवश्यकता रहेको बताए ।’उनले’संवैधानिक राजतन्त्र सहितको हिन्दुराज्य र समाजवाद स्थापना हुनुपर्ने विषयमा जोड दिए ।’ त्यस्तै, कार्यक्रममा वक्ताका रूपमा वरिष्ठ पत्रकार युवराज घिमिरेले,’नेपालको राजनितिमा किसुन जी जस्ता निष्ठावान नेताको खाँचो रहेको बताए । ‘ उहाँले, ‘किसुनजीको आवश्यकता देशलाई खड्को पारेको समेत बताए ।’
कार्यक्रमका सभापति तथा सन्त नेता कृष्ण प्रसाद भट्टराई ‘किसुनजि’ प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले,’किसुनजीको स्मरण गर्दै पार्टी सभापती जस्तो पदमा हुदाँ समेत उहाँले दुइवटा खल्तिको प्रयोग गरी व्यक्तीगत कामका लागी व्यक्तीगत खर्च र पार्टीको कामका निम्ती मात्र पार्टीको खर्च गर्ने किसुनजीको विचारधारालाई अवलम्बन गर्दै अगाडि बढ्न आवश्यक रहेको बताएका छन ।’ उनले किसुनजीलाई अमर अजर बनाईरहन यस्ता नेतालाई जो कसैले पनि कहिल्यै विर्सन नहुने उनले बताए ।
‘ कार्यक्रममा जिउँदो सहिदको रूपमा मुकेश कायस्थको परिवारलाई सम्मान गरिएको थियो भने, सहिदका रूपमा भिम बहादुर तामाङको परिवारलाई सम्मान पत्र सहिद नगद राशिले सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी नरोत्तम वैद्यले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन किसुनजी प्रतिष्ठानका सचिव राजु सुनारले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको आयोजना सन्त नेता कृष्णप्रसाद भट्टराई किसुनजी प्रतिष्ठानले गरेको हो । स्व. कृष्णप्रसाद भट्टराई किसुनजीको सम्झनामा प्रतिष्ठानले विभिन्न कोणबाट सामाजिक एवं राजनीतिक कार्यहरू गर्दै आइरहेको छ ।