साहित्यमा राजनीतिक कुरा : केशवराज भट्ट सागर (कथा)
कपन अनलाइन
काठमाण्डौ ,फागुन ६।
मन भित्रको पवित्र मन्त्र चिन्नको लागि हिमाल, पहाडलाई मैदान बनाउन सकिन्छ । त्यो सम्भब नहुने रहेन्छ । म एक साहित्यकर्मी भएर होला असम्भव केही हुँदैन जस्तो लाग्छ । कला आफैमा मजबुत र बलियो छ । सानो छदाको पीडा र भोगाइको प्रतिक रहेछ साहित्य । मानिसको सबै कुरा राम्रो
हुन्छ । त्यसैले हो कि राम्रा, छानिएका मिलाएर राखिएका शब्दहरुकै निर्मित अभिव्यक्ति र सायद यसैलाई साहित्य भन्छि । शैलीलाई राम्रो मान्छ । मैले यसबारे पूरै दाबी गर्न त सक्दैन । मेरो आशय साहित्यलाई सबैले मन पराउँछन् भन्ने हो तर मैले दाबी गरेजस्तो नहुनपनि सक्छ । साहित्य निर्माण शैली धेरै प्रकारका छन् ।
म यसको व्याकरणतर्फ जान्न । सायद मेरो त्यति पहुँच पनि छैन तर मैले जानेको कुरा के हो भने साहित्यलाई व्याकरण अथवा अन्यकुनै पण्डित्याइले नियन्त्रण गर्न सक्दैन । साहित्य त त्यसबेला पनि थियो जसबेला भाषाले आफ्नो रुप लिइसकेको थिएन । अर्को कुरा राम्रो कुरा अभिव्यक्ति गर्न साहित्य पनि राम्रो नै हुन्छ भने नराम्रो वा दुःखद् कुरोको अभिव्यक्ति दिने साहित्य पनि राम्रो नै हुन्छ । विषय जे होस्, जस्तो होस् अभिव्यक्ति शैली राम्रो भयो भने त्यो साहित्य नै हुन्छ र राम्रो साहित्य हुन्छ ।
समालोचकहरुले बेश्यावृत्तिमा पनि राम्रो साहित्य निर्माण हुन सक्छ भनेको पढेको छु । अहिले साहित् इ बारे मेरो भोगाइको भरमा भन्ने हो भने राम्रो वा नराम्रो प्रभाव पार्न सक्ने वानसक्ने, सहमतहुन सक्ने वानसक्ने अलगपक्षहोला तर साहित्य जे मा पनि निर्माण गर्न सकिन्छ । घरपरिवारका पीडा एक्लै वनमा गाएको साहित्य जति मौलिक र वास्तविक हुन्छ, त्यति उच्च स्तरीय भाषा, क्लिष्ट व्याकरणको नियममा बाँधिएर निर्माण गरेको साहित्यमा नहुन पनि सक्छ ।
साहित्यलाई भाषले त कुनै प्रभाव पार्न सकेन भने भाषाभन्दा धेरै पछि जन्मेको व्याकरण के–कति रोक्न वा अप्ठेरो पार्न सक्ला? चाहे यो गद्यहोस् वा पद्य, चाहे त्यो कल्पना हुन वा भोगाइ, दुःख होस् वा आनन्द, पूर्ण वर्णन होस् वा छायावादी शैली साहित्यको आफ्नो सवल पक्ष यथावत रहन्छ । यो कहिलेबाट सुरु भयो त्यो कसैलाई थाहा छैन । कुन भाषाबाट सुरु भयो त्यो पनिथाहा छैन । कुन विषयलाई आधार बनाएर यसको सुरुवात गरियो त्यो पनि थाहा छैन । यो सर्वभौम सत्यको रुपमा स्थापित भएको विषय बनिसकेको छ । साहित्य नभएको ठाउँ पनि छैन । सायद सबैभन्दा पहिले साहित्य नै पुग्छ । यसरी भन्दा म आफै पनि बढी भावनामा बगेँ कि जस्तो पनि लाग्छ । तर यदि मैले मेरो विचार, मेरो शैली मेरा भावना, मेरो आस्था, मेरा भाषमा सीमित गर्न पट्टि नलागेर साहित्यको अस्तित्वलाई स्वीकार गर्ने हो भने मात्रै साहित्यको बृहत र विस्तृत रुप देख्छु ।
एउटा पक्षमा प्रकाण्डता हासिल गरेर साहित्यबारे चर्चा गर्दा कतै आँखा नदेख्नेहरुले हात्ती छामेर त्यसको रुपको वयान गरेको जस्तो हुन्छ कि भन्ने चिन्ता लाग्छ । धेरै विषय यो २१औँ शताब्दीमा पनि पूर्ण परिभाषित हुन सकिरहेका छैनन् । हुन त परिभाषा आफैमा पूर्ण हुने कुरा होइन । यो परिभाषा दिनेको धारणा बौद्धिक क्षमतामा भर पर्ने कुरा हो तर पनि धेरै कुरालाई धेरै तरिकाले परिभाषित गरेर प्रष्ट पार्ने प्रयास गरिन्छ । तर साहित्य यिनी मध्ये पनि अलि गम्भीर र अलि क्लिष्ट विषय हो सायद । किनभने यसको क्षेत्र अरुभन्दा धेरै बढी छ । समस्याको समाधान हुन्छ तर समाधानको समस्या गर्न पनि त सिपालु हुनु राजनीतिमा साहित्य आवस्यक ठान्दछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक